पछिलो समय बच्चामा अटिजमको समस्या बढि रहेको पाईन्छ । अटिजमलाई मेडिकल भाषामा अटिजम स्पेक्ट्रम डिसअर्डर भनिन्छ । अटिजम भन्नाले कुनै रोग होइन, यो एउटा मस्तिष्कको अवस्था मात्र हो । जसलाई न्यूरो डेभ्लपमेन्टल डिसअर्डर पनि भनिन्छ । जुन असमान्य र अस्वीकृत व्यवहारका रुपमा देखिन्छ । सबैभन्दा पहिले अटिजम के हो ? अटिजम हुनुको कारण ? अभिभावकले ध्यान दिनैपर्ने कुराहरु ?र यसले बालबालिकालाई कसरी असर गर्छ ? यसै बारेमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलका बालरोग विशेषज्ञ डा.सुरेश प्रसाद शाह सँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
के हो अटिजम ?
अटिजमलाई स्पेक्ट्रम डिसअर्डर (न्यूरो डेभ्लपमेन्टल डिसअर्डर) भनिन्छ । बच्चाको मस्तिष्कमा स्नायू कोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसीप र कल्पना शक्तिको विकासमा असर पु¥याउनु हो ।अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भएता पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप र सिकाइको क्षमता कम हुन्छ। संक्षेपमा भन्नुपर्दा अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो।
अटिजम यस्तो अवस्था हो, जसमा यसबाट पीडित बच्चाको मस्तिष्कले अन्य बच्चाको मस्तिष्क भन्दा फरक ढंगले काम गर्छ । अटिजम भएका बच्चाहरुमा अरुको बारेमा वास्ता नगर्ने, आँखामा आँखा जुधाएर कुरा नगर्ने, उमेर अनुसार बोल्न नसक्ने र कुनै व्यवहार बारम्बार गरिरहने जस्ता समस्या देखिन्छन्। यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एक अर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन।
अटिजमका लक्षणहरू
अटिजम सामान्यतया अटिजम स्पेक्ट्रम डिसअर्डरका रूपमा चिनिन्छ । बालबालिकामा करिब १८ महिनादेखि दुई वर्षसम्म अटिजमको उल्लेखित लक्षण देखा पर्न थाल्छ ।
- एक्लै बस्न रुचाउने ।
- एउटै मात्र खेलौना खेलिरहनु ।
- बोल्न गार्हो हुने ।
- एउटै कुरा बारम्बार गर्ने ।
- दुखाई महसुस नहुनु (सामान्य दुखाईमा धेरै चिच्याएर रुने वा ठुलो चोटपटक लाग्दा नरुने) ।
- साङकेतिक भाषाको प्रयोग गर्न नसक्नु ।
- आँखा जुधाउन नसक्नु ।
- साथीहरूसँग घुलमिल हुन मन नपराउने ।
- अस्वभाविक रुपमा हाँस्ने वा कराउने ।
- बोलाउँदा नबोल्ने साथै नसुनेको जस्तो भैदिने ।
- सामान्य शिक्षण विधिबाट सिक्न नसक्ने ।
- हरेक दिन एउटै काम गर्न रुचाउने तथा परिवर्तन नरुचाउने ।
बच्चामा अटिजम हुनुको कारण
अटिजम यही कारणले हुन्छ भन्ने यकिन तथ्य त छैन । अटिजमलाई मुलतः वंशाणुगत गुणको प्रभावले हुन्छ भन्ने गरिन्छ । यदि परिवारमा अटिजमसँग सम्बन्धित कुनै इतिहास छ भने बच्चालाई पनि हुने सम्भावना हुन्छ । यसका आन्तरिक र अन्य कारणहरुमा दम्पत्तीले ३५ वर्ष भन्दा माथिको उमेरमा बच्चा जन्माएमा, नवजात अवस्थाको बच्चामा विभिन्न प्रकारका रोगको सङ्क्रमण भएमा, गर्भवस्थामा आमालाई सङ्क्रमण भएमा वा आमालाई अटोइम्यून डिसअर्डर भए छ भने, गर्भवस्थामा आमाले छाहारे रोगको औषधि सेवन गरेमा पनि बच्चालाई अटिजम हुने सम्भावना हुन्छ ।
अटिजम नै भएको भनेर कसरि थाहा पाउने ?
अटिजम भएका बच्चामा देखिने मुख्ख समस्या :
- आफ्नो भावना व्यक्त गर्न नस्कने
- सञ्चार गर्न गाह्रो
- सामाजिकीकरण हुन नसक्नु
- सोचाईमा लचकता
- उमेर अनुसार बोली नफुट्ने
- घाउचोट लाग्दा दुखाई महशुस नहुनु
यसको उपचार पद्धति कस्तो छ ?
यस उपचार भनेको थेरापी हो। प्रारम्भिक हस्तक्षेप (Early Intervention Therapy ) नै सबैभन्दा महत्वपूर्ण थेरापी हो । यसमा बच्चालाई समान्य बोल्ने, ब्रस गर्ने, अरु बच्चा संग घुलमिल हुन सिकाउने, सामाजिक व्यवहार गर्न सिकाउने नै हो । त्यसका साथै बालबालिकाहरूको रूचिलाई आधार बनाएर रचनात्मक क्रियाकलापहरूको संरचित तालिका तयार गरी शिक्षण सिकाई गराउनु पर्छ । यसमा दिइने अन्य थेरापि
- स्पिच थेरापी : बच्चाहरुमा बोल्न सिकाउने, कुराकानी गर्न सिकाउने, आत्मविश्वास जगाउने, अरुसँग समायोजन गर्न सक्षम बनाउने आदिका लागि विशेष अभ्यास गराइन्छ।
- अकुपेसनल थेरापी : दिनभरका गतिविधिहरु जस्तैः खानेकुरा पकाउन लगाउने, विभिन्न प्रकृतिका लुगा लगाउन दिने, कार्यक्रम सञ्चालन गर्न सिकाउने, खेल्न सिकाउने आदि अनेक तथा दैनिक कार्यमा संलग्न गराइन्छ ।
- व्यवहार थेरापी : सामाजिक व्यवहार, कुराकानी र सञ्चार, दोहो¥याउने व्यवहारमा परिवर्तन आदि गर्नका लागि अप्लाइड बिहेवियर एनालाइसिसको प्रयोग गरिन्छ । यसमा सामाजिकीकरण गर्न वा साथीहरूसँग घुलमिल हुन सिकाइन्छ।
अटिजम भएका बालबालिकालाई यस्ता विभिन्न् थेरापीहरु दिई उपचार गरिन्छ । यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरू रमाउने र खुसी हुने, आराम दिने र यसका कारण उनीहरूमा रोग–प्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुग्दछ। बालबालिकाको विशेष आवश्यकतामा केन्द्रित गरी अनुभवी विशेषज्ञ वा विशेषज्ञको समूहले उपचारका प्रक्रियाहरू निर्धारण गरि विभिन्न थेरापी र खेलका माध्यममार्फत सिकाउन सकिन्छ ।
अटिजम उपचार पछि निको हुन्छ त ?
यो रोग नभएर मस्तिष्कको विकास सम्बन्धी समस्या वा अवस्थामा भएकोले सामान्य मान्छे जस्तो त हुदैन् तर उसले समान्य जिवन जिउन सक्छ । अटिजमको लक्षणहरूको आधारमा त्यसको उपचारले कस्तो काम गरेको छ थाहा हुन्छ । यसको प्रारम्भिक उपचार भनेकै तत्काल लक्षण थाहा पाएर नियन्त्रणका लागि उपचार गर्ने हो । यसको उपचार भनेको थेरापी भएकोले प्रारम्भिक हस्तक्षेप थेरापी बाट व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ । थेरापि पछि बच्चा आफ्नो जिवन सहजताका साथ जिउन सक्छ पछि गएर स्कुल, कलेज पढने बिहेगरि परिवार बनाउने जस्ता अरु व्यक्तिले जस्तै जिवन बिताउन सक्छन तर यसको लागि समयमै (२ बर्ष भित्रै) यसको निदान र उपचार गर्न जरुरि हुन्छ । धेरै जस्तो परिवारको लापरवाहिका कारण बच्चालाई ढिलो निदान हुने गर्छ जसले बच्चाको उपचारमा समस्या आउछ । परिवारको सहयोग, राम्रो उपचार, समाजिक सहयोग, स्कुलको राम्रो वातावरणले बच्चाको उपचारमा र उसलाइै जिवन जिउन सिकाउन सहज र समान्य जिवनमा फर्काउन सकिन्छ ।
गर्भवस्थामा आमाको व्यवहारले बच्चामा अटिजमको समस्या हुन सक्छ रु
गर्भावस्थामा नै बच्चाको मस्तिष्कको विकास सुरु भई सकेको हुन्छ यस समयमा आमाले ध्यान नदिँदा धेरै मानसिक तनावका लिदाँ, गर्भावस्था आमाले परिवार तथा समाजको राम्रो व्यवहार वा साथ नपाउदा भएको तनावका कारण बच्चालाई अटिजम हुने सम्भावना बढेर जान्छ ।
- गर्भावस्थाको समयमा लिइएका केही औषधिहरूको साइड-इफेक्ट
- मानसिक तनावका कारण
- विषादी युक्त खानाको अत्यधिक सेवनले
- गर्भवस्थाम फोलिक एसिड नखाएर
- डाक्टरको सल्लाह बिना मनपरि औषधिको सेवन
- गर्भवस्थाम सङ्क्रमण भएमा
- गर्भवस्थामा छाहारे रोगको औषधि सेवन गरि रहेमा
जीवन सहज बनाउने वा अटिजम न्युनिकरण गर्ने तरिका ?
यसको मुख्य उपचार भनेको थेरापी नै भएकाले अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ । यस्ता थेरापीबाट बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुन्छ । यसको साथै अभिभावक तथा परिवारको महत्वपुर्ण भुमिका रहन्छ ।
- अभिभावकले बालबालिकालाई पर्याप्त समय दिने ।
- उनीहरूलाई रचनात्मक काममा क्रियाशील गराउने ।
- बच्चालाई नकारात्मक व्यवहार नगर्ने ।
- नियमित उपचार तथा थेरापी गराउने ।
- बालबालिका र अभिभावकको सम्बन्ध सुमधुर बनाउने ।
- बालबालिकालाई एउटा रुटिनमा राख्ने ।
- उनिहरुलाई थेरापीसहित क्षमतानुकूलको शिक्षा दिने ।
- बच्चाको मानसिक क्षमताबारे बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह, सुझाव लिने ।
- अभिभावकले पनि यससम्बन्धी थेरापी तथा जीवन सिकाइ प्रक्रियासम्बन्धी सिप र ज्ञान लिनु आवश्यक हुन्छ ।
नेपालमा यस्तो समस्या भएका बालबालिकाहरूको अवस्था के–कस्तो छ ?
नेपालमा अटिजम भएकाहरूको वास्तविक तथ्याङ्क उपलब्ध छैन । बहिरि देशमा भने प्रति ३६ जनामध्ये एक जनामा अटिजम हुने देखिएको छ । नेपाली समाजमा कतिपय अभिभावकहरू आफ्ना नानीबाबुमा यस्तो समस्या देखिएमा घरभित्रै समस्या लुकाउने र बाहिर नल्याउने गर्दा पनि समस्याको अवस्था बारे थाहा हुन सकेको छैन। नेपालमा अटिजम भएका सबै बालबालिकाको पहिचान नहुँदा अभिभावक तथा बालबालिका दुवै पीडित हुनुपरेको छ । पहिचान नहुँदा यस्ता समस्याले ग्रसित बालबालिकाहरू खोरमा, घरको कोठामा डोरीले बाँधिएर वा सिक्रीले बाँधिएर थुनिएको अवस्था समेत छन् ।
जनचेतनाको अभावका कारणले यस प्रकारका बच्चाहरूको जीवन सहज बनाउने शिक्षा, थेरापीहरू तथा तालिमको व्यावस्था हुनसक्छ भन्ने कुरा समेत धेरैलाई ज्ञान छैन । जनचेतनाको अभावका कारण अटिजम भएका बालबालिकाहरू शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित भइरहेको अवस्था छ । तर अहिले विकसित जिल्लाहरुमा भने यस सम्बन्धि उपचार तथा तालिम दिने संस्थाहरु खोलिएका छन् ।