काठमाडौं - लुपस १५ देखि ४५ बर्ष सम्मका महिलालाई लाग्ने एक किसिमको बाथ हो । यो पुरुषको तुलनामा महिलालाई १२ गुणासम्म बढी सताउने गर्छ । मानव शरीरको रोग निरोधक शक्तिलाई हानी गर्ने किटाणु र खराब कोषलाई यसले नष्ट गर्छ । अटो इम्युन भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै स्वस्थ कोषलाई असर गर्न थाल्नु हो ।
लुपसले गाठा सँगै नशा , सेतो रगत, मुटु, मृर्गाैला लाई असर गर्छ यसले भित्रि अगंलाई बढि असर गर्ने भएकाले बाहिरको दुखाईका अनुसार रोग कति जटिल छ भनेर अनुमान लगाउन सकिन् । त्यसका लाति जाँच गर्नु नै पर्छ ।
प्रारम्भिक अवस्थामा देखिने लक्षणहरुः
ज्वरो, अल्छीपना, कमजोर, तौल घट्ने । हात जोर्नी दुख्ने ।
पानी चालाउदा औंलाहरु निलो, पहेलो हुने ।
बिहान औंलाहरु कक्रक्क हुने ।
घाममा जादा अनुहार रातो हुने , अनुहारमा पुतली जस्तो दाग देखिने ।
मुख भित्र घाँउ आउने , आँखा रातो हुने ।
कपाल झर्ने ।
लुपकको पनि स्टेज हुन्छ जसले गर्दा शरीरका विभिन्न अगंहरुलाई असर पुर्याउछ मुख्य गरेर रगतको प्यलेटहरुमा यसले असर पुराउने गर्छ । लुपस बाथले मुख्य गरेर रगत र मृर्गौलामा असर पुर्याउने गर्छ । मृर्गौलामा असर पुर्याउने भएकाले कहिल्यकाहि यसले मृगौलापनि फेल गराउने सम्भावना हुन्छ । यो बाथ महिलामा नै बढि देखिन्छ । गर्भवति महिलालाई लुपस बाथ छ भने बच्चामा न्युनाटल लुपस हुन सक्छ ।
उपचार पद्धति
यो रोगको उपचार व्यक्तिअनुसार फरक फरक हुन सक्छ । यो रोगले कुन कुन अंगलाई असर गर्छ भन्ने थाहा हुँदैन र जुन अंगलाई असर गर्छ त्यही अनुसार रोगको उपचार गरिन्छ । यो रोग धेरै जसो बिरामीलाई हाइड्रोअक्सिक्लोक्विन वा क्लोरोक्विन नामक औषधि प्रयोग गर्ने गरिन्छ । लुपसका बिरामी जसको मुुटु, कलेजो, मिर्गौला र नशाहरूमा असर गरिएको अवस्थामा ग्लुकोकोर्टिक्सोइड्स र अन्य इम्युन सप्ररेसिभ औषधि एजाथियोप्रिन, माइसोफोनोलेट मोफेटिल, साइक्लोफोस्फेमिड, रिटुमिक्मेड, आदि औषधिद्वारा उपचार गरिन्छ ।
बिरामीले ध्यान दिनुपर्ने कुरा
गर्भवति अवस्थामा नियमित जाँच गराइराख्नु पछ र अन्य औषधि पनि नियमित खाने गर्नुपर्छ ।
यो रोग लागेको बिरामी घामको किरणबाट बच्नुपर्छ ।
यो रोग लागेका धेरैजसो गर्भवति महिलाको गर्भपात हुनेगर्छ ।
यसका लागि छाता, लोसन वा घामबाट बच्ने क्रिम (एसपीएफ ३०) भन्दा बढीको लगाउने, घाम छेक्ने गरी लामो कपडा लगाउने ।
बिरामीले सक्रिय जीवनको लागि नियमित व्यायाम गर्ने । बिरामीलाई निमोनिया र फ्लु भ्याक्सिन लगाउनु पर्छ ।
शरीरमा एन्टीफोसफोलिपिड नामक प्रोटिनको मात्रा बढी भएमा गर्भपात हुने बढी जोखिम हुन्छ ।
गर्भवति हुनुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।
लुपस रोग नियन्त्रणमा आएको ६ महिनापछि मात्र गर्भवति हुने सल्लाह दिइन्छ ।
रोग साधारण भएमा डाक्टरलाई तीनदेखी छ महिनामा भेट्नु पर्छ । रोग नियन्त्रण नभएमा डाक्टरको सल्लाह अनुसार अनिवार्य जाँच गराउनु पर्छ ।
(नेशनल बाथ रोग सेन्टरमा कार्यरत बरिष्ठ बाथ रोग विशषेज्ञ डाक्टर विनित वैद्य सँगको कुराकानीमा आधारित )