बिराटनगर — न्यूरो सर्जरीमा MCh गरेर बिगत ३ बर्ष देखि बिराटनगरको चिकित्सा क्षेत्रमा सक्रिय डा. रोशन खतिवडा न्यूरो अस्पतालमा कार्यबाहक विभागीय प्रमुखको रुपमा अनुबन्धित भएका छन ।
पुर्वान्चलमा पहिलो पटक न्यूरो सर्जरी शुरु गर्ने अस्पतालको रुपमा परिचित न्यूरो अस्पतालमा कार्यबाहक विभागीय प्रमुखको रुपमा अनुबन्धित भएका डा. खतिवडाले छोटो समयमा बिराटनगरमा आफनो छुटै पहिचान बनाएका छन् । उत्कृष्ट शैक्षिक पृष्ठभूमि र अनुभव उनको बलियो पक्षको रुपमा रहेको छ ।
डा. खतिवडाले बीर अस्पताल, (NAMS) बाट न्यूरोसर्जरीमा MCh प्राप्त गरेका छन्, जुन नेपालका प्रख्यात चिकित्सा शिक्षा सम्बन्धी संस्थाहरू मध्ये एक हो, जहाँ उन्नत शल्यचिकित्सा प्रविधिहरू र बिरामी हेरचाहको लागि परिचित छ । साथै, उनले काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (IOM, TUTH ) बाट सामान्य शल्यचिकित्सामा (MS) डिग्री प्राप्त गरेका हुन । त्यसैगरि उनले BPKIHS धरान बाट MBBS गरेका हुन ।
विगत १५ बर्ष देखि न्यूरो सर्जरी हुदै आएको न्यूरो अस्पताल बिराटनगरमा अहिले पनि बरिष्ठ न्यूरो सर्जन डा। सुनिल कुमार दास,बरिष्ठ न्यूरो सर्जन डा। आशिष जंग थापा, न्यूरो सर्जन डा. आलोक झा लगायतका न्यूरो सर्जनहरुको टिम कार्यरत रहेको छ । डा। खतिवडाको उपस्थितिले न्यूरो सर्जरी टिम थप सशतm हुने र यस क्षेत्रका बासिन्दाहरूलाई उपलब्ध हुने न्यूरो सर्जिकल सम्बन्धी सेवाहरुको गुणस्तरमा अभिवृद्धि हुनुको साथै नयाँ अत्याधुनिक प्रविधीयुतm शल्यक्रिया तथा उपचार विधी प्रयोग हुने अपेक्षा गरिएको छ।
“न्यूरो अस्पताल भनेको न्यूरो सम्बन्धी उपचारको लागी सर्वोत्कृष्ट टिम रहेको अस्पताल हो र यस अस्पतालमा जोडिएर नविनतम प्रविधी र उपचार विधी सहित बिरामीलाई उच्चतम सेवा दिनु आफनो उद्देश्य रहेको” डा. खतिवडाले बताए ।