जाडो मौसम सुरु भएसँगै शिशु तथा बालबालिकाको स्वास्थ्यमा अनेक खालका समस्या देखिन थाल्छन् । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले चिसो मौसममा स्वास्थ्य समस्याले बढी सताउँने गर्छ । जाडोमा विशेषगरी नवजात शिशु र स-साना बालबालिकालाई जोगाउन अभिभावकका लागि चुनौतीपुर्ण हुन्छ। चिसोयाममा सानो हेलचेक्रयाइँका कारण पनि बालबालिकाको स्वास्थ्यमा ठूलो समस्या आउन सक्छ। जाडोमा बालबालिकामा देखिने स्वास्थ्य समस्या के-के हुन् ? के कस्ता लक्षण देखिन्छन् ? यि समस्याबाट कसरि जोगाउने ? यसै बारेमा निसर्ग हस्पिटलका बालरोग विशेषज्ञ डा. रमेस जोसिसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
जाडोमा बालबालिकामा देखिने मुख्य स्वास्थ्य समस्या के-के हुन् ?
जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको
- मौसमी रुघाखोकी,
- एलर्जी,
- निमोनिया,
- दम, ब्रोङकियोलाइटिस
- झाडापखाला
- सिजनल फ्लु
जाडोमा न्यानो बनाउन धेरै लुगा लगाइदिने गरिन्छ । यसले गर्दा बच्चाको शरीर गुम्सने र पसिना आउने हुन्छ । पसिनाले बच्चालाई अझ बढी चिसो लाग्छ । शरीर अत्यधिक चिसो भएकै कारणले गर्दा बच्चाहरूमा मौसमी रुघाखोकी, सिजनल फ्लु, निमोनियाले बढी सताउँछ। यस्ता समस्याले बालबालिकालाई श्वास फेर्न समेत गाह्रो गराउछ।
जाडोमा संक्रमण हुने कारणहरु
- चिसोमा हावाको आद्रता कम हुन्छ । सुख्खा हावाले गर्दा नाकमा किटाणु संग लडने क्षमता कम हुन्छ ।
- ब्याक्टेरिया वा भाइरल संक्रमणका कारण ।
- जाडोका कारण ढोका बन्द गरि एक ठाँउमै बसिने भएकाले एक जनालाई संकरमण भएको छ भने बच्चालाई सर्ने सम्भावना बढि हुन्छ ।
- रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले ।
- चिसोमा सरसफाईमा कमी हुने भएकाले ।
- चिसोमा घरभित्र हुने प्रदूषण पनि बढी हुने भएकाले रोग फैलन्छ ।
- चिसोमा बालबालिकाहरु एकै ठाउँमा बस्ने, खेल्ने हुँदा रोग सर्ने संभावना बढी हुन्छ।
मुख्य लक्षणहरु के के हुन्रु ?
- ज्वरो आउने ।
- सिंगान बग्ने ।
- हाच्छिउँ आउने।
- खोकी लाग्ने।
- घाँटी दुख्ने,आँखा चुहिने ।
- सास फेर्न गाह्रो हुने ।
- छाति दुख्ने ।
- खानामा अरुचि ।
- वाकवाक लाग्नु वा वान्ता हुनु ।
- कोखा हान्ने, बच्चा लोसे हुँदै जाने ।
- दिसा पातलो हुने ।
चिसो मौसम बालबालिकाको लागि किन जोखिमपूर्ण मानिन्छ ?
- बच्चाको शरिरको क्षेत्रफल तौलको तुलनामा धेरै हुन्छ । जसले गर्दा शरिरको नयानोपना छिटो कम हुन्छ ।
- शरिरमा बोसो र मांसपेसिको मात्रा कम हुन्छ जसले गर्दा तापक्र उत्पादन कम हुन्छ ।
- बच्चामा पसिना छिटो आउने भएकाले अलि बाक्लो लुगा लगाएर गुम्स्याइ दिदाँ चिसो हुन सक्छ ।
निमोनिया कस्तो रोग हो ?
निमोनिया फोक्सोको संक्रमण हो। निमोनिया ब्याक्टेरिया, भाईरस, फङ्गस र केमिकल आदिका कारण हुने गर्छ । बालबालिकाले आफ्नो समस्या खुलेर बताउन नसक्ने भएकाले निमोनियाको लक्षण अभिभावकहरूले ख्याल गर्नुपर्छ । बच्चामा निमोनिया भएको छ र समयमा उपचार भएन भने समस्या जटिल बन्न सक्छ ।
निमोनिया लाग्दा के कस्तो लक्षण देखा पर्छ ?
- ज्वरो आउने ।
- खोकी लाग्ने ।
- चाँडो–चाँडो श्वास फेर्ने ।
- कोखामा हान्न ।
- श्वास फेर्न गाह्रो हुने ।
- छाति दुख्ने ।
- पेट दुख्ने ।
- आमाको दुध चुस्न नसक्ने ।
- बच्चा लोसे हुँदै जाने र होस कम हुँदै जाने ।
उपचार तथा रोकथाम
निमोनियाको संक्रमण रोक्न पहिले फ्लुको खोप लिने यो खोप ६ महिना नाघेका सबैले लिएको राम्रो हो। यो खोप लगाउदैमा निमोनिया नहुनेभने हुदैन तर धेरै हद सम्म कम हुन्छ ।
ज्वरो मात्र आएमा ज्वरो कम गर्ने औषधि खुवाउने । तर माथि उल्लेखित लक्षण देखिएमा तुरुन्तै अस्पताल लैजाने । साथै बच्चाको सरसफाई र हावाको आवतजावतमा ध्यान दिने आवस्यक हुन्छ ।
सिजनल फ्लु भनेको के हो ?
सिजनल फ्लु भनेको इन्फ्लुन्जा भाइरसबाट लाग्ने संक्रामक रोग हो। अहिले देखि रहेको मेटोनिमा, राइनो भाइरस हो । इन्फ्लुन्जा भाइरसले फोक्सो, घाँटी तथा नाकको संक्रमण लाई फ्लु भनिन्छ । सिजनल फ्लुको समस्या बच्चामा पनि ५ बर्ष मुनिका बालबालिकामा बढि भएको पाईन्छ ।
यसका लक्षणहरु
- सिंगान बग्ने ।
- ज्वरो आउने ।
- सुख्खा खोकी लाग्ने।
- ज्वरो आउने।
- घाँटी दुख्ने।
- आँखा चुहिने ।
- श्वास फेर्न गाह्रो हुने।
उपचार तथा रोकथाम
फ्लुमा बच्चाको लक्षण अनुसारको उपचार गर्नुपर्ने हुन्छ। हल्का ज्वरो आएमा सिटामोल खान दिने, पर्याप्त मात्रामा पानी तथा झोलिलो पदार्थ खान दिने, न्यानोमा राख्नुपर्ने हुन्छ। श्वासप्रश्वासमा समस्या आएको अवस्थामा अक्सिजन लगाउने तथा श्वास फेर्नका लागि सहज हुने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ। यदि फ्लु कडा छनै भने सामान्य उपचारले नै फ्लु एक हप्तामा निको हुन्छ । संक्रमित ब्यक्ति बाट बच्चालाई टाढा राख्ने तथा विशेष सावधानि अपनाउने।
जाडो मौसममा बच्चाको खानामा यी कुरा समावेश
- गाजर, सखरखण्ड, चुकन्दर जस्ता तरकारी र कन्दमूलको खुवाउने ।
- तातो दूध खुवाउनु ।
- मौसमी फलफूल सुन्तला, किबी, अमला, केरा स्याउ जस्ता फलफूलमा भिटामिन सी भएका प्रस्सत खान दिनुपर्छ ।
- ६ महिनामाथिका बालबालिकालाई आमाको दुध संगै पोषिलो खानेकुरा जस्तै दाल, भात, लिटो, जाउलो खुवाउनुपर्छ।
- बदाम, ओखर, काजू जस्ता नट्स खुवाउने ।
- मौसमी तरकारीको सुप, चिकेन सुप, हरियो सागहरु जस्ता पोषिलो, झोलिलोपदार्थ दिने ।
- जौ, दलिया, ओट्स जस्ता फाइबर र प्रोटिन खुवाउने ।
- उमालेको पानी पिउन दिने।
- बच्चाको खानामा अदुवा र लसुनमा समावेश गर्ने यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
रोकथामका उपाएहरु
- ६ महिना माथिका सबैले फ्लुको खोप लगाउने।
- आमाको दुध खाने बच्चालाई दुध चुसाउने ।
- बच्चाको सर-सफाईमा विशेष ध्यान दिने ।
- बाहिरि वतावरणको हिसाबमा लुगा लगाइ दिने ।
- बच्चालाई बाक्लो भन्दा पनि तहतह पारि ठुलो मान्छे भन्दा एक तह बढि लगाउने ।
- ज्वरो आएको समयमा पातलो लुगा लगाउने ज्वरो समान्य भएपछि बाक्लो लुगा लगाउने ।
- बच्चा सुत्ने बेला सिरक फाले पनि जाडो नहुने गरि लुगा लगाइ दिने ।
- कोइला, दाउराको प्रयोग नगर्ने ।
- संक्रमित ब्यक्तिलाई भेट्दा वा सम्पर्कमा आउदा विशेष सावधानि अपनाउने।
- सबै एकै ठाउँमा गुम्सिएर नबस्ने कोठामा हावाको आवतजावतको बेवस्था गर्ने ।
- बच्चालाई ६ महिनापछि आमाको दूधका साथै पोषिलो खानाको मात्रा पुर्याएर खुवाउने ।
- नियमित सबै खोप लगाउने।
- पोषक तत्वको नाममा बजारमा पाइने भन्दा घरमै बनेको खानेकुरा खाने ।
- आफुखुसी औषधि खुवाउँनु हुदैन् यसले शरीरमा नकारात्मक असर पर्न सक्छ।
माथि उल्लेखित लक्षण देखिएमा तुरुन्तै अस्पताल लैजाने ।