अंगुर गजबको फलफूल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् ।अनेकौं रोगबाट अंगुरले जोगाउँछ ।
अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ । अंगुरले मांसपेशीलाई बलियो बनाउनुका साथै शक्ति वृद्धि गर्छ । एक महिनासम्म दैनिक अंगुरको सेवनले शरिरलाई पुर्याउने फइदा आफै थाहा हुन्छ ।
अंगुर भिटामिन, पोटासियम, क्याल्सियम, आइरनजस्ता पौष्टिकताले भरिएको हुन्छ । अंगुरमा फाइबर, कार्बोहाइड्रेट, एन्टीअक्सिडेन्ट, प्रोटिन, फ्लाभोनोइड पाइन्छ । साथै भिटामिन के, ए, सि र बी ६ का साथै पोलिफेनोस र फेनोलजस्ता जस्ता पोषण समेत पाइन्छ । यसका साथै थियामिन, रिवोफ्लाभिन, नियासिन, फोलेट र पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, सोडियमजस्ता मिनरल्स समेत अंगुरमा पाउन सकिन्छ ।
अंगुरले कुन कुन रोग हटाउँन मदत गर्छ ?
माइग्रेन
माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ ।
रक्ताल्पता
शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ ।
हृदयघात
हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुस् ।
क्यान्सर
अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।
दम
यसले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ।
मिर्गौलाको समस्यामा
अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ।
रक्तस्राव
शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।
अपचमा
अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ ।
फोकाफोकी
अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि अंगुर सहायक हुन्छ । अंगुृरको रसले मुख धुने गरेमा डण्डिफोरजस्ता समस्या हल हुन्छ । (एजेन्सीको सहयोगमा)