विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलमा अत्याधुनिक उपकरण जडान गरिएको ‘मोडुलर अपरेशन थिएटर’ संचालनमा ल्याएको छ । एकैपटकमा पाँच वटासम्म शल्यक्रिया गरिन सक्ने एउटा छानामुनि रहेको मोडुलर अपरेशन थिएटर बिहीबार एक कार्यक्रमबीच संचालनमा ल्याएको हो ।
एक कार्यक्रमबीच अस्पतालका अध्यक्ष डा। वीरेन्द्रकुमार विष्ट र निर्देशक अनिशा विष्टले संयुक्त रुपमा थिएटरको उद्घाटन गरे । बिरामीहरूले अप्रेसनका लागि समय कुर्नु पर्थ्यो अब त्यसरी समय पर्खनु पर्दैन । बिरामीको हकमा यसले सङ्क्रमणको जोखिम कम गर्न मद्दत गर्दछ र बिरामीको सुरक्षा र हेरचाहका लागि चाहिने मापदण्डहरू पूरा गर्ने बताउँदै, अध्यक्ष विष्टले भने, ‘‘मोडुलर अप्रेसन थिएटर’ नयाँ सोच र निरन्तर सुधारतर्फको हाम्रो प्रतिबद्धताको प्रतीक हो । हामी समाजलाई नवीनतम चिकित्सा प्रविधि र प्रथाहरू भित्र्याएर हर सम्भव उत्कृष्ट सेवा प्रदान गर्न लागी परेका छौं ।’
शल्यक्रियाका लागि चाहिने नवीनतम उपकरणहरू र त्यसलाई सहयोग गर्ने अत्याधुनिक प्रणाली जडित रहेकोले यसले जटिल र विविध प्रकारका शल्यक्रियाहरू गर्न मद्दत पुग्ने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।
अस्पतालले भर्खरै बरिष्ठ न्यूरोसर्जन डा। रोशन खतिवडा तथा बरिष्ठ न्यूरोसर्जन डा। सुनील कुमार दासलाई भित्रयाएका छ । ‘अस्पतालमा नयाँ चिकित्सकहरुकोे आगमनले हामी नयाँ नयाँ पद्दतीका शल्यक्रियाहरु गर्न सक्षम हुनेछौ भन्ने हाम्रो विश्वास छ,’ अपरेशनल डाइरेक्टर भट्टराईले भने ।
त्यस बाहेक अस्पतालमा न्यूरो सर्जनका रुपमा डा। आशिष जंग थापा, डा। आलोक झा, बरिष्ठ अर्थोपेडिक सर्जन प्रो। डा। नविन कुमार कर्ण, बरिष्ठ अर्थोपेडिक सर्जन डा। अमित देब, बरिष्ठ जि।आई तथा ल्याप्रोस्कोपिक सर्जन डा। सदिप खुनिया, जनरल सर्जन डा। प्रज्वल खतिवडा, युरो सर्जन डा। पुरुषोत्तम पराजुली, इएनटी सर्जन डा। रोशन आचार्य, डेन्टल सर्जन डा। अमित प्रताप शाह, बरिष्ठ प्रसुती तथा स्त्री रोग बिशेषज्ञ प्रा।डा। शैलजा क्षेत्री श्रेष्ठ, डा। निशा अधिकारी लगायतका सर्जनहरुको बिशेषज्ञ टोली रहेको छ ।
त्यसैगरि बिरामीहरुको अपरेशनलाई सहज बनाउन एनेस्थेसियोलोजिष्टको रुपमा डा। मन्जिल श्रेष्ठ, डा। अर्जुन क्षेत्री, डा। लोकेन्द्र मण्डलको पुर्णकालिन सेवा रहेको छ ।
त्यसैगरि बरिष्ठ न्यूरो फिजिसियन डा। बिरेन्द्र कुमार बिष्ट, बरिष्ठ मुटु रोग विशेषज्ञ डा। निकेश राज श्रेष्ठ, बरिष्ठ फिजिसियन तथा बाथ रोग विशेषज्ञ डा। बिबेक कट्टेल, बरिष्ठ न्यूरो फिजिसियन डा। सुनन्द पौडेल, बरिष्ठ प्याथोलोजिष्ट डा। सागर राज पाण्डे, बरिष्ठ रेडियोलोजिष्ट डा। पन्नालाल शाह, बरिष्ठ रेडियोलोजिष्ट डा। निरज रेग्मी, बरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा। भुवनेश्वर यादब, बरिष्ठ बाल रोग विशेषज्ञ डा। सुरेश प्रसाद साह, बरिष्ठ मानसिक रोग विशेषज्ञ डा। रन्जन थापा, बरिष्ठ मटुरोग विशेषज्ञ डा राजन कर्ण, बरिष्ठ फिजिसियन कुमार साह, फिजिसियन डा रमाकान्त राय, बरिष्ठ छाला रोग विशेषज्ञ डा रिचा शर्मा, बरिष्ठ फिजियोथेरापिष्ट वा नविन कुमार चौधरी लगायतका चिकित्सकीय टोली रहेको छ ।
यसै बर्ष अस्पतालले मोडुलर अपरेशन थिएटरको अतिरिक्त एमआरआइ, एआइ, सिटी स्क्यान, डेक्सा स्कयान र बिरामीहरुको लागी सुविधा सम्पन्न निजी क्याबिनहरूमा ठूलो लगानी गरेको अस्पतालले जनाएको छ । जसले बिरामीहरुको सही निदान र उचित हेरचाहमा ठूलो मद्दत पुग्ने बताइएको छ । त्यसैगरि अस्पतालमा न्यूरो नेभिगेशन स्टिल्य, कुजा एकसेल, इन्डोस्कोपी सर्जरी,लगायतका अत्याधुनिक उपकरणहरु उपलब्ध छन् ।