काठमाडौं । इन्डियन एशोसिएसन अफ ग्यास्ट्रोइन्टेस्टाइनल एण्ड इन्डोस्किोपिक सर्जन (आइएजीइएस) र सोसाइटी अफ सर्जनस् अफ नेपाल (एसएसएन) को सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा भइरहेको छ । यो सम्मेलन जनवरी ३० देखि फ्रेबुअरी २ सम्म नेपाल मडिसिटी अस्पताल र हायात रिजेनसी काठमाडौंमा भइरहेको छ । सम्मेलनमा भारत तथा नेपालबाट २०० सय भन्दा बढि चिकित्सकहरुको सहभागिता रहेको छ ।
मिनिमल इन्भेसिभ सर्जरी, रोबोटिक सर्जरी, र इन्डोस्कोपी क्षेत्रको विश्वव्यापी नवीनतम प्रगति, प्रवृत्ति र चुनौतीहरुबारे ज्ञान आदनप्रदान गर्ने उद्धेश्यले यो सम्मेलन आयोजना गरिएको आइएजीइएसका अध्यक्ष डा. सुवास अग्रवालले बताए ।
विश्वभरका प्रख्यात विशेषज्ञहरू, नवप्रवर्तकहरू र सर्जनहरूको सहभागिता र ज्ञान आदानप्रदानले अत्याधुनिक अनुसन्धानमा सहकार्य गर्न र यस क्षेत्रमा विकासलाई बढावा दिन सहयोग पुग्ने डा. अग्रवालले बताए ।
भारतबाट आएका चिकित्सकहरुले नेपाल मेडिसिटीमा हुने दुरवीन प्रविधिबाट गरिने जीआई सर्जरी खासगरी Hernia/Laparoscopic Fundoplication, Colorectal तथा Gallbladder Appendix का जटिल शल्यक्रिया भारतकै स्तरमा रहेको भन्दै प्रशंसा गरे ।
हालसम्म नेपाल मेडिसिटीमा दुई वटै शल्यक्रिया युनिटबाट ८००० भन्दा बढि शल्यक्रिया दुरवीन प्रविधिबाट भएको जानकारी एसएसनका पूर्व अध्यक्ष तथा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिल कुमार शर्माले बताए ।
यसमा Gallbladder / Appendix बाहेक CBD Stone, Fundoplication Liver, Stomach GIST, Colon Cancer, GI Neoplastic Cases सबै Laparoscopic विधिबाट गरिन्छ । नेपाल मेडिसिटीमा अन्य पेटको क्यान्सरहरुलाई पनि ल्याब असिस्टेन्ट सर्जरी गरिन्छ भने GIST ट्युमरहरुको (Rendezvous Technique (Endoscopic and Laparoscopic) बाट निवारण गर्ने गरिन्छ ।
नेपाल मेडिसिटी अस्पतालमा विभिन्न र्वोकशप आयोजना गरिएको थियो जहाँ सहभागि चिकित्सकहरुलाई पेपर प्रेजेन्टेसन, विभिन्न सिकाई गतिविधिका साथै एफएएलएस हर्निया फेलोसिप, एफआईएजिईएस फेलोसिप, इएफआईएजिईएस फेलोसिप प्रदान गरिएको थियो ।
सम्मेलनमा विशेषत शल्यक्रियाको भविष्यमा अन्तरदृष्टि, रोबोटिक्स, अग्मेन्टेड रियालिटी, शल्यक्रियामा आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत ल्याप्रोस्कोपिक प्रविधिहरू जस्ता परिवर्तनकारी आविष्कारहरूको खोजीबारे छलफल गरिएको डा. शर्माले बताए ।