काठमाडौं । मानिसहरुमा देखिने जन्माजात अपांगता भन्नाले शरिरीक अंगहरुको बनावटमा देखिने अपागंता शरीरिक अंगहरुले सम्पादन गर्नु पर्ने भौतिक कार्यमा हुने असमर्थता र शरीरलाई आवश्यक पर्ने खाद्यतत्व, पोषण तत्व उत्पादन र विकार युक्त तत्वहरुको विकर्षण गर्न नसक्नु हो ।
जन्मजात देखिने अपांगता
जन्मजात ठुलो टाउको हुने
यो अवस्थामा टाउकोको आकार असामान्य हिसाबले ठुलो हुने र यस्तो अवस्थामा बच्चाले टाउको सिधा गर्न सक्दैन् उनिहरुको टाउकोमा पानी जमेको कारणले यस्तो हुन्छ ।
टाउको भित्र जमेको पानीको चापले मस्तिष्कलाई असर गर्छ । जसले गर्दा बच्चाको चालमा , बोलाइमा र व्यवहारमा समस्या हुन्छ । वाक्वाक् गर्ने अनिदो बस्ने, चिडचिडापन हुने , मासंपेशी अरठे हुने , आँखाको नानी तल सर्ने , भोक नलाग्ने र बम्पन आउने हुन्छ ।
डाउन सिन्ड्रोम
यो एउटा यस्तो अवस्था हो जसमा बच्चलाई बौद्धिक तथा शरीरिक अपागंता मानिन्छ ।
बाल मस्तिष्क पक्षघात
यसले गर्दा बच्चाको चालमा असन्तुलन आउने ,सास र्फेन गाह्रो हुने , ढिलो विकास हुने , सन्तुलन बिग्रने , र्याल चुहाइरहने , बोल्न देख्न तथा सुन्नमा समस्या हुन्छ ।
अटिजम
मस्तिष्क विकासको एक प्रकारको अपांगता हो । यसले मस्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ । अटिजम प्रायः जसो जन्मेको ३ वर्ष भित्र प्रष्टरुपमा देखिन्छ र यो जीवनकाल सम्म रहिरहन्छ।
यसका लक्षणहरु भिन्न भिन्न बच्चाहरुमा फरक फरक किसिमको देख्न सकिन्छ । तर मुल रुपमा तीन वटा पक्षमा जटिल समस्या देखिन्छ । बोली चाली , सामाजिक सिप बुझन र प्रयोग गर्न कठिनाई र दोहोर्याएर गर्ने व्यवहारीक समस्या तथा सोचन सक्ने क्षमतामा एक रुपता नहुनु ।
जन्मजात ओठ र ताली फाटेको
यस अवस्थामा माथिल्लो ओठ देखि नाकको प्वाल सम्म जन्मजात खुल्ला वा खाल्ठो देखिनु जन्मजात ओठ फुट्नु हो र नाकको नली सम्म पुग्ने गरि मुखको भित्रको तालु वा अनाडी खाल्डो देखिनु पनि जन्मजात तालु फाटेको हो । यस्तो अवस्थामा बच्चालाई दुध चुस्न गाह्रो हुन्छ तथा खाना नाकमा गएर बच्चा निसासिन सक्छ
जन्मजात अपागं हुने कारणहरु
- वंशााणुगत कारण
- जीनको खराबी
- गर्भवती हुँदा कुपोषण भएमा
- सानो उमेरमा गर्भवती भएमा
- महिला ३५ वर्ष वा त्यो भन्दा बढि उमेरमा बच्चा जन्माएमा
- धेरै पटक गर्भवती भएमा
- गर्भवती आमालाई मधुमेह वा उच्च रक्तचाप जस्ता दिर्घ रोग भएमा
- गर्भवती हुँदा रुवेला, सिफीलिस जस्ता संक्रमण भएमा
- गर्भवती अवस्थामाा धुम्रपान , मद्यपान गरेमा
- गर्भवस्थामा अनुचित औषधी सेवन गरेमा
- बच्चा पुरा महिना नपुगी जन्मिएमा
- बच्चा कम तौल वा जन्मदा निसासिएको
रोकथामका उपाय
- किशोर अवस्था देखि नै पोषणमा धेरै ध्यान दिने
- गर्भवतीले खानपानमा विशेष ध्यान दिने र नियमीत गर्भ जाच गर्ने
- धुम्रपान मद्यपान नगर्ने
- गर्भअवस्थामा चिकित्सको सल्लाहा बमोजीम मात्र औषधीको सेवन गर्ने
- गर्भवस्थामा दिर्घ रोगहरु छन् भने उचित व्यवस्थापन गर्ने
- सानो उमेर वा ३५ वर्ष भन्दा माथि बच्चा नजन्माउने