काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले मुख तथा अनुहारको शल्यक्रिया ९ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी० सेवा सुरु गरेको छ । ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन डा। किशोर भण्डारीको नेतृत्वमा अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो ।
दुर्घटनामा परी मुख तथा अनुहारमा लागेका चोटपटक, अनुहारको हड्डी लामो, छोटो या बांगो भएर आकृति अस्वाभाविक भएको अवस्था, मुखको जोर्नी (टेम्पोरोम्यान्डिबुलर ज्वाइन्ट) को समस्या भएका तथा अनुहारको पुनःनिर्माण (फेसियल रिकन्स्ट्रक्सन) का लागि यो सेवा सुरु गरिएको हो ।
नर्भिक अस्पतालका अत्याधुनिक प्रविधि, उपकरण एवं थ्रीडी प्रिन्टिङ प्रविधि प्रयोग गरेर हामीले सेवा सुरु गरेका हौं,’ ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन डा। भण्डारीले भने, ‘गत महिना हामीले एक महिलामा गरेको अनुहारको आकृति मिलाउने शल्यक्रियाले पनि राम्रो नतिजा प्राप्त भएको छ ।’ मुखको माथिल्लो हड्डी अर्थात् म्याक्जिला कम विकसित र तल्लो हड्डी अर्थात् म्यान्डिला धेरै विकसित भएर लामो भएका कारण अनुहार अस्वाभाविक देखिएको र बोल्न र खाना खानसमेत अप्ठेरो अवस्थामा रहेकी महिलामा सफल शल्यक्रिया गरिएको हो ।
डा। भण्डारीले मुख तथा अनुहारसम्बन्धी कुनै पनि समस्याका लागि नर्भिकमा दक्ष जनशक्ति र अत्याधुनिक उपकरण रहेको बताए । खाँदा या बोल्दा चल्ने कानको अगाडिको जोर्नीमा क्यामेरा छिराएर शल्यक्रिया गर्ने टेम्पोरोम्यान्डिबुलर ज्वाइन्ट (टीमजे) आर्थोस्कोपी तथा दाँत नभएका बिरामीमा गालाको हड्डीमा प्रत्यारोपण (इम्प्लान्ट)गरेर दाँत राख्ने फुल माउथ रिह्याबिलिटेसन (जाइगोम्याटिक इम्प्लान्ट) जस्ता नयाँ उपचार विधि पनि नर्भिकमा सुरु गरिएको डा. भण्डारीले जानकारी दिए ।
ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी सामूहिक कार्य भएको उल्लेख गर्दै उहाँले यसमा ब्रेसेस लगाउने डाक्टर, प्लास्टिक सर्जन, हेड एण्ड नेक सर्जन, थ्रीडी प्रिन्टिङ गर्ने डिजिटल ल्याबलगायत सबै आवश्यक हुने र सामूहिक सल्लाहमा उच्चतम प्रविधि प्रयोग गरेर गुणस्तरीय सेवा दिइने बताए।
यसका अलावा मुख तथा अनुहारमा हुने सिस्ट तथा ट्युमरको सर्जरी पनि नर्भिकमा उपलब्ध छ । म्याक्सिलोफेसियल सर्जरी टिमले हेड एण्ड नेक सर्जरी र प्लास्टिक सर्जरीको टिमको सहकार्यमा मुखको क्यान्सरको आधुनिक उपचार सेवा पनि दिने योजना बनाएको जनाएको छ ।
के हो फेसियल डिफर्मिटिज करेक्सन सर्जरी ?
अनुहारको हड्डी विकास हुने क्रममा सन्तुलन नमिल्दा केही हड्डी लामो, छोटो या बांगो भएर अनुहार अलिकता अस्वाभाविक देखिन सक्छ । जसले गर्दा बोल्न, खाना खान तथा सुत्दा सास लिन अप्ठेरो हुन सक्छ । यसका साथै अनुहारमा विकृति (फेसियल डिफर्मिटिज), चोटपटक तथा खाँदा या बोल्दा चल्ने कानको अगाडिको जोर्नीमा पनि समस्या हुन सक्छ ।
यसका अलावा सौन्दर्यका समस्या पनि हुन्छन् । यस्ता समस्यालाई आधुनिक प्रविधि, उपकरण तथा थ्रीडी प्रिन्टीङ प्रविधि प्रयोग गरेर नर्भिकमा ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी सञ्चालनमा ल्याइएको हो । पछिल्लो एक दशकमा शल्यक्रिया विधामा ठूलो परिवर्तन आएको छ । कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोग गरेर, भर्चुअल सर्जिकल प्लानिङ गरिन्छ, जसलाई थ्रीडी प्रिन्टीङ भनिन्छ । यसमा बिरामीको सीटी स्क्यान, तस्बिरसहित बिरामीको क्लिनिकल डिटेललाई पहिले नै लिएर कम्प्युटरमा अत्याधुनिक सफ्टवेयरमार्फत् कसरी शल्यक्रिया गर्ने, के गर्ने भनेर तय गरिन्छ । त्यसलाई अप्रेसन टेबलमा प्रयोग गर्न थ्रीडी प्रिन्टीङ प्रविधि प्रयोग गरिन्छ ।