काठमाडौं । नेपाली चिकित्सकहरूको सशक्तिकरण र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले Nepalese Doctors Lounge -NEDOL ले शैक्षिक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल, बंगलादेश, फिलिपिन्स, र चीनबाट आएका आठ जना नयाँ चिकित्सकहरूलाई स्वागत गरिएको छ । सहभागी चिकित्सकहरूले चिकित्सा क्षेत्रका विविध पक्षमा छलफल गर्दै ज्ञान आदान–प्रदान गरेका थिए । यस अवसरमा “स्वागत प्रमाणपत्र“ (Certificate of Welcome) प्रदान गर्दै नयाँ सदस्यहरूको औपचारिक समावेश गरिएको थियो । जसले उनीहरूलाई औपचारिक रूपमा ल्भ्म्इी परिवारको सदस्यको रूपमा समावेश ग¥यो । सो प्रमाणपत्रले NEDOL को संरक्षकत्व, व्यावसायिक वृद्धि, र विश्वव्यापी स्वास्थ्य सेवामा योगदान पु¥याउने प्रतिवद्धतालाई पुष्टि गरेको छ ।NEDOL ले ४० विभिन्न कलेजहरूबाट ८० भन्दा बढी एम्बासडरहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ ।
सो अवसरमा मलेसियाको म्यानेजमेन्ट एण्ड साइन्स युनिभर्सिटीका प्रो. अली खाताबीले “चिकित्सकहरूको उद्यमशीलता, अवसरहरू, नेतृत्व भूमिका र भविष्य निर्माणका उपायहरू“ विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गरेका थिए । उनको प्रस्तुतीकरणले सहभागीहरूलाई नयाँ दृष्टिकोण प्रदान गर्दै चिकित्सकीय पेसाको सीमाभन्दा बाहिर विभिन्न अवसरहरू अन्वेषण गर्न प्रेरित गरेको छ । सो अवसरमा NEDOL परिवारका महत्वपूर्ण सदस्य डा. प्रतिक श्रीवास्तवको असामयिक निधनप्रति सम्मान व्यक्त गर्दै उनको योगदानको स्मरण गरिएको थियो ।
अन्तरक्रियाको अन्त्यमा विभिन्न पुस्ताका व्यक्तिहरूबीच खुला छलफल र अनुभव आदान-प्रदान गरिएको थियो । यसले अनुसन्धान, सहकार्य र नेतृत्वलाई प्रवद्र्धन गर्ने NEDOL को प्रतिबद्धतालाई पुष्टि गरेको छ ।
यस अन्तरक्रियात्मक छलफललाई सफल र प्रभावकारी रूपमा लिइएको छ, जसले आगामी कार्यक्रमहरूलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । NEDOL ले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्ता अर्थपूर्ण कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
Nepalese Doctors Lounge -NEDOL एक पेशागत नेटवर्क हो, जसले नेपाली चिकित्सकहरूलाई व्यावसायिक नेटवर्किङ, ज्ञान साझेदारी, समर्थन तथा वकालत र समुदाय निर्माण गर्न सहयोग पुर्याउँछ । यस संस्थाले नेपाली चिकित्सकहरूको अन्तर्राष्ट्रिय सञ्जाल निर्माण, स्वास्थ्य नीति सुधारमा पैरवी र चिकित्सा शिक्षाको उन्नति गर्ने उद्देश्य राखेको छ ।
नयाँ सदस्यहरू
दावा जामयाङ्ग शर्पा – सेन्ट्रल साउथ युनिभर्सिटी, सियाङ्ग्या स्कूल अफ मेडिसिन, चीन
तारा प्रसाद खत्री – एमिलियो एग्विनाल्डो कलेज, मनीला, फिलिपिन्स
डा. पूजा रोकाया – नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, श्रीवीरेन्द्र अस्पताल
राजन देवकोटा – प्क्ष्क्त् मेडिकल कलेज
बिपिन केसी – शाङ्घाई जियाओ तोंग युनिभर्सिटी स्कूल अफ मेडिसिन, रुजिन अस्पताल र रेन जी अस्पताल, चीन
डा.बिपिन पौडेल – पाटन एकेडेमी अफ हेल्थ साइन्सेस
डा. विज्ञान क्षेत्री – पार्कभ्यू मेडिकल कलेज र अस्पताल, बंगलादेश
डा.प्रतिक श्रीवास्तव – अन्वरखान मोडर्न मेडिकल कलेज, ढाका, बंगलादेश