प्यारालाइसिस, हामीले सुन्दै, देख्दै र भोग्दै आएको समस्या । प्यरालाइसिस जसलाई हामी पक्षघात भन्छौं, यो एक असहज अवस्था हो । यसमा शरीरको कुनैपनि भाग सञ्चालन नहुनु वा पूर्ण शरीर नचलनु हो । जसले गर्दा हाम्रो दिनचर्या नै प्रभावित हुन्छ । बस्न, उठ्न, हिंडडुल गर्न वा शारीरिक रुपले नै अशक्त हुन्छौ । प्यारलाइसिस अर्थात पक्षघात कसलाई हुन्छ, किन हुन्छ, कसरी हुन्छ ? प्यारलाइसिस भइसकेको व्यक्ति पुरानो अवस्थामा र्फकन सक्छ ? यसै बारेमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन डा. रोशन खतिवडासँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
प्यारालाइसिस कस्तो रोग हो ?
प्यारालाइसिस आफैमा रोग होइनन् यो एउटा लक्षण हो। यो सम्बन्धी अरु धेरै रोगहरू हुन्छन् जस कारणले प्यारालाइसिस हुने गर्छ । प्यारालाइसिस भनेको शरीरको कुनै पनि भाग कमजोर हुनु वा चल्दै नचल्नुलाई लाई नै प्यारालाइसिस हो । मस्तिष्क स्पाइनर मेरुदण्ड अथवा त्यहाँबाट निस्केका कुनै पनि नशाहरूमा क्षति भएर शरीरका अंगहरु चल्दैन जसलाई प्यारालाइसिस भनिन्छ । मस्तिष्क भएको क्षतिबाट हुने प्यारालाइसिस नै मस्तिष्कघात हो ।
प्यारालाइसिसलाई हेमिप्लेजिया, क्वाड्रिप्लेजिया, प्याराप्लेजिया र फेसियलप्लेजिया गरि ४ भागमा विभाजित गरिएको हुन्छ । शरीरको कुनै पनि अंगमा प्यारालाइसिस हुन सक्छ । दाहिने मस्तिष्कमा असर भए देब्रे भाग र देब्रे मस्तिष्कमा असर भए दाहिने भागमा समस्या आउने गर्दछ ।
- हेमिप्लेजिया (Hemiplegia ):शरीरको एकापट्टिको भाग दाहिने अथवा देब्रे नचल्नु
- प्याराप्लेजिया (Paraplegia) : कम्मरदेखि तलको भाग नचल्नु
- क्वाड्रिप्लेजिया (Quadriplegia): सम्पुर्ण शरिर चार हातखुट्टा नै नचल्नु
- फेसियलप्लेजिया (Facialplegia) : अनुहारको भाग नचल्नु
प्यारालाइसिसका मुख्य कारण के–के हुन् ?
प्यारालाइसिस हुनुमा धेरैवटा कारणहरू हुन्छन्। प्यारालाइसिस ब्रेन स्पाइनल कर्ड र नशाहरूको कारणले, मस्तिष्क र मेरुदण्डको क्षतिले गर्दा हुने हो । प्यारालाइसिस हुने जोखिमको कारणहरु उच्च रक्तचाप, मधुमेह, मोटोपन, ध्रुमपान र खराव बोसो बढ्ने कारणले प्यारालाइसिस हुन सक्छ । प्यारालाइसिस भएको भाग अनुसार फरक–फरक कारण हुन्छन्।
प्यालाइसिस समान्यतया स्ट्रोक९मस्तिष्कघात० मस्तिष्कमा रक्त सञ्चार अवरुद्ध भयो भने प्यारालाइसिस हुन्छ । यो अवरुद्ध पनि दुई किसिमले हुन्छ। एउटा रगतको नसाभित्र ब्लकेज भएर मस्तिष्कभित्र रगत जमेर हुन्छ भने अर्को नसा च्यापेर पनि हुनसक्छ । कम्मरदेखि तलको भाग नचल्ने प्यारालाइसिसको मुख्य कारण स्पाइनल कर्डको चोटपटक वा संक्रमण हो । मुखको पक्षघातको प्रमुख कारण अनुहारमा आउने नसामा दबाब पर्नु वा अवरोध हुनु हो।
मस्तिष्कमा रक्त सञ्चार गर्ने रक्तनली फुटेर हुने (हेमरेज) वा रक्तनली बन्द भएर हुने रक्त सञ्चारको कमी (इस्केमिया) को कारण मस्तिष्कघातले शरीरको एकापट्टि नचल्ने हुन्छ। यसप्रकारको प्यारालाइसिस आम व्यक्तिले बुझ्ने प्यारालाइसिस हो ।
यसको जोखिम कसलाई बढी हुन्छ ?
उच्च मधुमेह, उच्च रक्तचाप, मुटु रोगि, उच्च कोलेस्ट्रल, मोटोपना भएको बिरामीमा स्ट्रोकको कारणले प्यारालाइसिस हुने जोखिम बढी हुन्छ । अर्को मेरुदण्डको नसा च्यापिएर, मेरुदण्डमा चोट लागेर, दिमागमा चोट लागेर र दुर्घटनामा परेर प्यारालाइसिस हुनसक्छ । यसको साथै चुरोट रक्सी खाने, धेरै तनाव चिन्ता लिने, व्यायाम नगर्ने र अस्वास्थ्यकर खानपान अपनाउने व्यक्तिहरूमा यसको जोखिम बढी हुन्छ ।
लक्षणहरू
प्यारालाइसिस नशामा क्षतिका कारण हुने भएकाले यसका लक्षणहरू सुरुवाति अवस्थामा नै थाँहा पाउन सके यसबाट बच्न सकिन्छ ।
- शरीरको एकापट्टिको भाग एक्कासी कमजोर हुनु
- झमझमाउनु
- बोली लर्बराउनु वा कहिलेकाहीँ बोली नै हराउनु
- शरीरको सन्तुलत बिग्रर हिंड्न, बस्न र उठ्न असहज हुने
- अनुहार र मुख बाङ्गिनु
- हेर्ने दृष्टिहरू धमिलो हुनु
- हिँड्दा सन्तुलन बिग्रिने
युवा अवस्थामा बढदो प्यारालाइसिसको कारण
पछिल्लो समय कम उमेरका व्यक्तिलाई पनि प्यारालाइसिसको जोखिम बढ्दो छ । पहिला बढ्दो उमेरमा स्ट्रोकको जोखिम हुन्छ भनिन्थ्यो । तर अहिले युवा अवस्थामा बढदो प्यारालाइसिसको मुख्यकारण भनेको जिवनशैलि नै हो । किनकि उच्च रक्तचाप, मधुमेहको, मुटुको समस्या, कोलेस्टेरोलको समस्या बढिरहेको छ पहिले बढ्दो उमेरमा देखिने यि रोगहरू अहिले अस्वस्थकर खाना, तनाव, प्रयाप्त निद्र नलिनु, व्यायाम नगर्ने, धुम्रपान, मद्यपानको सेवनले कम उमेरमा नै यस्ता समस्या देखि रहेका छन जसकारण युवामानै यसको जोखिम बढि रहेको छ ।
उपचार
प्यारालाइसिसको कारण अनुसार यसको उपचार हुन्छ । टाउकोमा रगत जमेर स्ट्रोक भएको छ भने ४ देखि ६ घण्टा भित्र रगत पगाल्ने औषधि दिएर प्यारालाइसिस हन बाट बच्चाउन सकिन्छ । यदि प्यारालाइसिस भई सकेको अवस्थामा कहाँ नशा च्यापेको छ वा फयक्चर भएको छ त्यहाँ शल्यक्रया गरिन्छ ।
शल्यक्रया भन्ना साथ बिरामि झन समस्या थपिन्छ कि प्यारालाइसिस पो हुन्छकि भनि डराउने गर्छन तर यो सत्य होइन् । पहिले पहिले केहि समस्या आए पनि समय संगै आधुनिक उपचार पद्दति आई रहेको छ अहिले भने त्यस्ता समस्याहरु आउने गरेको छैन् । समय संगै नेपालमा पनि आधुनिक उपचार पद्दति भित्रिएको छ । प्यारालाइसिसको बिरामीलाई उपचार मात्र नभएर उचित हेरचाहको पनि आवश्यकता पर्छ । एक पटक स्ट्रोक भएको व्यक्तिलाई सामान्य व्यक्तिको तुलनामा पुनः स्ट्रोक हुन सक्ने सम्भावना बढी हुन्छ । त्यस्ता व्यक्तिले नियमित औषधि सेवन गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।
उपचार पछि प्यारालाइसिस भई सकेको व्यक्तिलाई पुर्णरुपमा निको हुन्छ ?
प्यारालाइसिस भईनै सकेको अवस्थामा त्यहाँका नशाहरूमा क्षति भई सकेको हुदाँ व्यक्तिलाई पहिले जस्तै हुन सक्दैन् तर सहि उपचार पाएमा सहज जिवन जिउन सक्छ । नशाहरू तथा मस्तिष्क क्षतिका कारण भएको प्यारालाइसिस ६ महिना देखि २ बर्षको समयमा ९० % सम्म सुधार हुन्छ । प्यारालाइसिसको बिरामीको शरिरिक मात्र नभई मानसिक अवस्था पनि कमजोर हुने भएकाले भावनात्मक रूपमा पनि सहयोग र प्रेम गर्नुपर्ने आवस्यक जसले बिरामिमा सुधार हुन मदत पग्छ ।
स्ट्रोकको उपचार पुनस्र्थापना नै हो । प्यारालाइसिसका बिरामीलाई पूर्ण व्यवस्थापनको लागि उपयुक्त उपचार, स्याहार, पुनस्र्थापनको आवश्यकता पर्छ ।यसअन्तरगत फिजियोथेरापी, स्पीचथेरापी, जुन स्थानमा प्यारालाइसिस भएको हो त्यस स्थानमा एक्सरसाइज गर्ने, नियमित औषधि सेवन गर्ने र सबैभन्दा मुख्यकुरा उच्चरक्तचाप, मधुमेह, मोटोपन, ध्रुमपान र खराब बोसोलाई नियन्त्रण गर्ने आवस्यक हुन्छ । बिरामीको आशिक वा पूर्ण रूपमा अरुमा निर्भर हुने भएकाले उनीहरूलाई शारीरिक र मानसिक रूपमा पुनस्र्थापना गर्नुपर्ने हुन्छ ।
रोकथामका उपाएहरु
- रक्तचाप, मधुमेह, कोलेस्टेरोल जस्ता दीर्घरोगलाई नियन्त्रण गर्ने
- स्वास्थ्यकर खानपान गरने
- शारीरिक तौललाई नियन्त्रण गर्ने ।
- नुनका सेवन कम गर्ने
- खानपिनमा विशेष ध्यान दिने हरियोसागपात, फलफुल र प्रोटिनयुक्त खाना खाने
- नियमित व्यायाम गर्ने
- धुम्रपान, मद्यपान, सुर्ती र नशालु पदार्थ सेवन नगर्ने ।
- तनाव मुक्त रहने
- प्रयाप्त निद्र लिने
- राम्रो जीवनशैली अपनाउने
- नियमित स्वास्थ्य परीक्षण गराउने
डा.खतिवडाका अनुसार प्यारालाइसिसका माथि उल्लिखित लक्षण देख्नेबित्तिकै बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउन सकियो त्यति मस्तिष्क र नसालाई हुने क्षति कम हुन्छ । लापरबाही गरेमा वा ढीला भएका यसबाट बिरामीको ज्यानै जान सक्छ वा दिमागका कोषहरु धेरै नष्ट हुन सक्छन् । त्यसैले उनि भन्छन् TIME IS BRAIN AND TIME IS NERVES