रुघाखोकी हरेक मौसममा लाग्न सक्ने र जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्ने हुन्छ । सामान्यतया रुघाखोकी एलर्जी र भाइरल प्रकारका हुन्छन् । ‘रुघाखोकी दुई किसिमका हुन्छन्, सामान्य र जटिल । आजभोलि हुने रुघाखोकी सामान्य खालकै हुन्छ,’ यदि ज्वरो आएको छैन भने घरेलु उपचार गरेरै रुघाखोकी ठीक पार्न सकिन्छ ।
हाम्रो समाजमा रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खाने चलन निकै छ । यसरी आफूखुसी औषधि किनेर खानु कति ठीक हो रु रुघाखोकी र ज्वरोको समस्या सिजन परिवर्तनको बेला धेरैलाई देखिन्छ। शरीरको प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिलाई मौसमी समस्या देखिन्छन्। खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोले निकै सताउने गर्छ।
सामान्य रुघाखोकी पाँच९सात दिनमै निको हुने भएकाले औषधि खाइहाल्नु पर्दैन ।’ रुघाखोकी लागेमा पोषणयुक्त खानेकुरा, झोलिलो पदार्थ खाने र सरसफाइमा ध्यान दिनुपर्छ । रुघाखोकी, ज्वरो, साधारण ग्यास्ट्रिक, पेन किलर, एलर्जीको औषधि नेपालमा आफैं किनेर खाने चलन रहेको पाईन्छ । रुघाखोकी सामान्य मात्र नभई जटिल पनि हुने भएकाले आफूखुसी औषधि किन खानु हुँदैन् । सामान्य रुघाखोकीको लागि औषधि खानु पर्दैन् घरेलु उपचारलेनै केहि दिनमा निको हुन्छ ।
यदि रुघाखोकी लागेको पाँचदेखि सात दिनसम्म पनि निको नभएमा, सास फेर्न निकै गाह्रो, खकारमा रगत देखा पर्यो र मुटुको ढुकढुकी बढ्यो भने पनि तुरुन्त अस्पताल जानुपर्छ। रुघाखोकीमा रोगको प्रकृतिअनुसार औषधि सेवन गर्न जरुरी हुन्छ । आफू खुसी मेडिकल गएर औषधि खाँदा पछि गएर स्वास्थ्यमा असर पर्न सक्छ । कुनै औषधिको मात्रा पुगेन भने हाम्रो शरीरभित्र भएका कीटाणुहरू मर्दैनन् र पछि त्यही औषधि खाँदा त्यो कीटाणु मर्दैनन्। त्यसको असर दीर्घकालसम्म रहन्छ।
रुघाको उपचार
- रुघाको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने ।
- बिहान बेलुकी मनतातो पानीमा खुट्टा डुबाएर ५/१० मिनेट राख्ने ।
- सुत्ने बेलामा पैतलामा तोरीको तेलले मालिस गर्ने ।
- अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने ।
- अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला गर्ने ।
- एक हातको बूढीऔंलाले अर्को हातका सबै औंलाको टुप्पोलाई दसपटक पालैपालो अँठ्याउने छोड्ने गरेर अक्युप्रेसर उपचार गर्ने ।
- दुवै आँखा बन्द गर्ने र नाकद्वारा तीन पटक लामो र गहिरो सास लिने र मुखबाट बिस्तारै बाहिर फ्याक्ने ।
- गहन आरामको अनुभव गर्ने । कल्पना गर्ने कि वरिपरिको वातावरण शान्त, मनोरम र घमाइलो छ । सूर्यको चम्किलो किरणले न्यानो महसुस भएको छ ।
रुघाको रोकथाम
- रुघाबाट बच्न रुघा लागेका व्यक्तिको नजिक वा मुखामुख हुने गरी बस्नु हुँदैन ।
- बस्नै परे मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ ।
- रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नु हुँदैन ।
- अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुनसक्छ ।
- भिटामिन सीले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।