काठमाडौं - धेरै प्रोटिन भएको खानेकुरा सेवन गर्दा मिर्गौलाको काममा बाधा पुग्छ । मिर्गौलाको काममा बाधा पुग्नासाथ शरीर सोइलिङ हुने, सुन्निने र पानीको मात्रा बढ्ने गर्छ । त्यसैले मिर्गौला पिडितहरुले खानपानमा बिशेष ध्यान दिनुपर्छ ।
शरीरमा प्रोटिन र एल्बोमिनको मात्रा बढि भएर सोइलिङ भई सुनिएमा प्रोटिन कम भएको खानेकुरा खानुपर्छ ।
५० केजी भएको स्वास्थ्य व्यक्तिको लागी ५० ग्राम प्रोटिन आवश्यक पर्छ भने उहि तौलको मिर्गौलाको समस्या भएको व्यक्तिले २० ग्राम भन्दा बढि प्रोटिन खानुहुदैन ।
मिर्गौलाको बिरामीले प्रोटिन जनावरीय स्रोतबाट लिनुपर्ने हुन्छ । बनस्पति स्रोतको प्रोटिन खादाँ मिर्गौलालाई फिल्टर गर्न भार पर्छ ।
जनावरीय स्रोतको प्रोटिन खादाँ शरीरले सजिलै प्राप्त गर्नसक्छ । जनावरीय स्रोतबाट प्रोटिन खादाँ एकदम नरम किसीमको सेतो मासु खानुपर्छ ।
सागपातमा पोटासियम र सोडियमको मात्रा बढि हुन्छ । खनिज पर्दाथ कम गर्नका लागी लिचिङ प्रोसेस (लिचिङ प्रोसेस भनेको पानि उमालेर साग तरकारी आधा घण्टा भिजायो त्यसपछि सो पानिलाई फाल्ने र भिजाएको तरकारीलाई निचारेर त्यसपछि पकाउनुपर्ने हुन्छ । पकाउदाँ त्यसमा पानी नहुने किसीमले पकाउनुपर्ने हुन्छ) बाट बनाएको खानेकुरा सेवन गनुपर्छ ।
क्रोनिक पिरीयडमा सुन्निने भएकाले नापेर पानी सेवन गर्नुपर्छ । साथै खानेकुरा खादाँ लिचिङ प्रोसेसबाट एकदम सुख्खा बनाउनुपर्छ ।
बिरामीले कति पिसाब गरेको छ त्यहि अनुसार हिसाब गरेर पानी खानुपर्छ ।
मिर्गैलाको बिरामीलाई अत्याधिक पानी, प्रोटिन खोस्टा भएको खानेकुरा दिनुुहदैँन । खोस्टा भएको खानेकुरामा फस्फोरसको मात्रा बढि हुने भएकाले मिर्गौलाको बिरामीले फस्फोरस एकदम कम मात्रामा खानुपर्छ ।
एउटा व्यक्तिलाई मिर्गौला र मधुमेह दुवैको समस्या भए डाइट मिलाउन एकदमै कठिन हुन्छ । मिर्गौलाका बिरामीको खानेकुरा मधुमेहका बिरामीले खानुहुदैँन । मधुमेहको बिरामीले अत्याधिक पानी पिउनुपर्छ । तर मिर्गौलाको बिरामीलाई पानीको मात्रा नापेर खानुपर्छ ।
मिर्गौलाको बिरामी एक्युटमा भए पहिलाको अवस्थामा आउन सकिन्छ । यो अवस्थामा प्रोटिनयुक्त खानेकुराको व्यवस्थापन गरेमा सामान्य अवस्थामा फर्कन सकिन्छ । तर एक्युटबाट क्रोनिकमा गयो भने सामान्य अवस्थामा फर्कन सक्दैन । मिर्गौलाको बिरामीलाई प्रोटिनयुक्त खानेकुरा खानुहुदैँन । क्यालोरीलाई ठिक्क र फ्याट एकदम कम खानुपर्छ ।
( प्रा. डा. जया प्रधानसँगको कुराकानीमा आधारीत )