के तपाईंको बच्चाले पनि तपाईंसँग झूट बोल्छन् ? यदि बोल्छन् भने सावधान हुनुहोस् । बच्चाको झूटो बोल्ने बानीलाई तपाईंले कुनै पनि अवस्थामा बेवास्ता नगर्नुहोस् । यो बानी पछि उनको व्यक्तित्वको हिस्सा बन्न सक्छ । बाल्यकालमा बालबालिकाले आफ्नो वरिपरि जे देखे त्यहि अनुसार आफ्नो बानीको विकास गर्छन् । यदि उनीहरूलाई सानै उमेरमा सही र गलत बानीहरू बारे अवगत गराइयो भने, उनीहरु गलत दिशामा जानबाट जोगिन सक्छन् ।
बालबालिका किन झुट बोल्छन् ?
१. गाली खाने डरले केटाकेटीहरूले झूटको सहारा लिन्छन्
२. तपाईंले हेरेर झूट बोल्न सिकेको हुनसक्छ
३. चोरेको कुरा लुकाउन पनि झुटो बोल्न सक्छन् बालबालिका
४. बालबालिका डिप्रेशनमा झुट बोल्न सक्छन्
बच्चाले झुटो बोलेको कसरी थाहा पाउने ?
यदि तपाईंको बच्चाले पनि झूट बोल्न थालेको छ भने यो बानी छुटाउन जरुरी छ, जसका लागि यी कुरामा ध्यान दिनुपर्छ(
– झूट लुकाउनका लागि बच्चाले अचम्मको कहानी सुनाउनु ।
– झुटसँग सम्बन्धित प्रश्न सोध्दा बच्चा रिसाउनु ।
– कुरालाई तोडमोड गरेर प्रस्तुत गर्नु ।
– कहिलेकाहीँ झुट बोल्दा बच्चाहरू सामान्यभन्दा ठूलो स्वरमा कुरा गर्न थाल्छन् ।
– झूटो कुरासँग समब्न्धित प्रश्नलाई फेर्ने कोसिस गर्नु ।
– बच्चाहरू यदि झुटो बोल्छन् भने, उनीहरुले तपाईंलाई सिधै आँखामा हेर्न सक्दैनन् ।
– बच्चाले जवाफ दिन समय लिइरहेको भए पनि उसले झूटो बोलिरहेको हुन सक्छ ।
झुट बोल्ने बानी कसरी हटाउने ?
यदि तपाईंको बच्चाले पनि झुट बोल्छ भने निम्न टिप्सको मद्दतले यो बानी छुटाउन सक्नुहुन्छ(
– झुटो बोल्नुका खराब परिणाम के हुन्छन् र यसले बच्चालाई कस्तो हानी पुर्याउँछ भन्ने कुरा बताउनुहोस् ।
– बच्चालाई आफ्नो मनको कुरा भन्नुहोस् । आफ्नो कुरा खुल्ला रुपमा भन्नका लागि उनीहरुलाई पनि स्पेस दिनुहोस् ।
– तपाईंले बच्चालाई सत्य घटना वा कथा भनेर झुटो बोल्दा जीवनमा कस्तो असर पर्छ भन्ने पनि जानकारी दिनुहोस् ।
– बच्चाहरूले तपाईंको व्यवहार कतै न कतै नक्कल गर्छन्, त्यसैले उनीहरुको अगाडि कहिल्यै झुट नबोल्नुहोस् ।
– बच्चाले साँचो कुरा गर्दा उसलाई समर्थन गर्ने र गल्ती सुधार्ने मौका दिने कुरामा विश्वास दिलाउनुहोस् ।
– यदि बच्चाले आफूले गरेको गल्तीबारे तपाईंसँग कुरा गर्छ भने उनीहरुलाई गाली गर्नुको साटो तारिफ गर्नुहोस् र अब उप्रान्त सावधानी अपनाउन पनि आग्रह गर्नुहोस् ।
यी सरल टिप्सहरूको मद्दतले तपाईं आफ्नो बच्चाको झुट बोल्ने बानीबाट छुटकारा पाउन सक्नुहुन्छ ।