बर्दिया- उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री बिमला विकको पहलमा बर्दियाका पाचँ वटा पालिकाहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त स्वास्थ्य सामाग्री बुधबार बर्दिया जिल्लाका ५ वटा पालिकाहरुमा हस्तान्तरण गरिएको हो । अक्सिजन सिलिन्डर ४ थान, भिटिएम १ सय थान, एन्जीजेन किट १ सय थान, गाउन पिपिई ५० थान, केएन ९५ माक्स ५० थान, फेश सिल १० थान र सेप्टि चश्मा १५ थान गेरूवा गाउँपालिका, राजापुर नगरपालिका, मधुवन नगरपाालिका, ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकामा हस्तान्तरण गरिएको बताइएको छ।
त्यस्तै जिल्लाका इलाका प्रहरी कार्यालयहरुमा ५ सय थान सर्जिकल माक्स, २ बोतल सेनिटाइजर र ५० सेट पंञ्जा समेत हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुलरियामा २ हजार थान सर्जिकल माक्स, १० लिटर सेनिटाइजर, केएन ९५ माक्स १ सय २० सेट र पंञ्जा ५० जोर हस्तान्तरण गरिएको बताइएको छ ।
स्वास्थ्य सामाग्रीका साथै मधुवन कोभिड अस्पतालको लागि ५ बोरा चामल, आधा बोरा दाल, १० पोका तेल, १० प्याकेट नुन र ठाकुरबाबा कोभिड अस्पतालको लागि ५ बोरा चामल, आधा बोरा दाल, १० पोका तेल, १० प्याकेट नुन समेत हस्तान्तरण गरिएको छ ।
गेरुवा गाउँपालिकाको कोभिड–१९ अस्थायी अस्पतालमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ, स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारी, सुचना अधिकारी प्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै नेकपा एमाले बर्दियाका जिल्ला सदस्य रेशम थापा,चन्द्र खड्का , भरत धामी, नरेन्द्रप्रसाद पाण्डे (राजु), रामकृष्ण चौधरी, युवा नेता कमल आचार्य, रुपेश कडायत ,बिजय शर्मा,तारा केशरि वली लगायतको सहभागिता रहेको थियो ।