तपाईंले इयरफोनको प्रयोग कत्तिको गर्ने गर्नुभएको छ ? फुर्सद भयो कि कानमा इयरफोन लगाएर रमाउने गर्नुभएको त छैन ? यदि त्यस्तो गर्ने गर्नुभएको छ भने सचेत रहनुहोस्, तपाईको यही बानी तपाईको स्वास्थ्यको लागि घातक बन्न सक्छ ।
आजकल युवाहरुमा विभिन्न प्रकारका ग्याजेटहरुको प्रयोग निकै बढेको छ । आफ्नो कामलाई सजिलो बनाउन र मनोरञ्जनका लागि उनी लगातार धेरै ग्याजेटहरू प्रयोग गर्छन्। विशेष गरी इयरफोन आजकल मानिसको जीवनको अत्यावश्यक हिस्सा बनेको छ ।
बालबालिकादेखि बूढापाकासम्म उनीहरूले काम वा अन्य कुनै कारणले इयरफोन प्रयोग गर्छन्। अनलाइन कक्षादेखि अफिस बैठकहरू सम्म, इयरफोनहरू धेरै कारणहरूले गर्दा हाम्रो कानमा लगातार हुन्छन् ।
धेरैले त्यसो गर्दै संगीत सुन्न इयरफोन प्रयोग गर्छन । कतिपयले घन्टौं इयरफोन लगाइ राख्छन् । विज्ञहरुका अनुसार कानमा नियमित लामो समयसम्म इयरफोनका प्रयोगले श्रवणशक्तिमा निकै ह्रास ल्याउने गर्दछ जसकारण मानिसमा बहिरोपनाको समस्यासमेत निम्तिन सक्छ ।
मोबाइलको प्रयोग बढे सँगै धेरैले इयरफोनको गर्नेहरू धेरै देखिन्छन्।
मानसिक तनाव कम गर्न होस् वा मनोरञ्जनको लागि होस् लामो समयसम्म इयरफोन लगाएर गीत सुन्ने तथा लामो समयसम्म इयरफोनको माध्यमबाट फोनमा कुरा गर्नेहरू धेरै छन्। तर लामो समय सम्म इयरफोनको माध्यमबाट फोनमा कुरा गर्ने तथा गीत सुन्ने गर्दा सुन्ने क्षमतामा कमि हुनुका साथै कानसम्बन्धी विभिन्न खालका समस्या देखिनुका साथै दीर्घकालीन रुपमा रिंगटा लाग्ने टाउको दुख्ने जस्ता समस्याहरू देखा गर्ने विभिन्न अध्ययनले देखाएको छ।
कानमा संक्रमण इयरफोनलाई कानको भित्री भागमा नै राखेर सुन्ने गरिन्छ। जसले गर्दा कानमा विभिन्न खालका संक्रमण हुने सम्भावना हुन्छ। विशेषत एउटै इयर फोन धेरैले प्रयोग गर्दा इयरफोनको माध्यमबाट एक जनाको कानमा भएको संक्रमण अर्को व्यक्तिमा सर्ने सम्भावना धेरै हुन्छ।
सुन्ने क्षमतामा कमि
धेरै समयसम्म कानमा इयरफोन लगाएर फोनमा कुरा गर्ने वा गीत सुन्ने वानी छ भने पछि गएर काम कम सुन्ने क्षमतामा कमि हुँदै आउने विज्ञकाे भनाइ छ। यस्तै धेरै इयर पोन प्रयोग गर्नेहरूलाई कान कराए जस्तो हुने वा कान दुख्ने समस्या समेत हुने गर्छ।
मस्तिष्कमा असर
धेरै इयरफोन प्रयोग गर्नेको काममा मात्रै हैन मस्तिष्कमा समेत असर गर्छ। चुम्बकबाट निस्कने विद्युतीय चुम्बकीय तरङगले मस्तिष्कमा गम्भीर असर गर्छ। जसले गर्दापछि गएर मस्तिष्कघात हुने तथा ब्रेन ट्युमरसमेत हुने सम्भावना धेरै हुन्छ।
कानमा असर
धेरैले सुत्ने बेला ओछ्यानमा समेत इयरफोन लगाएर गीत सुन्ने वानी हुन्छ। तर यो कानको मात्रै होइन। मस्तिष्कको स्वास्थ्यको दृष्टिकोणले एकदमै घातक हुन्छ।एयरफोन लगाएर गीत सुन्दै सुत्दा मस्तिष्क राम्ररी सुत्न सक्दैन। जसले गर्दा मस्तिष्कको केही भाग सक्रिय नै रहन्छ। जसले गर्दा मुटुको चाल तीव्र हुने गर्छ। जुन स्वास्थ्यको लागि निकै घातक कुरा हो। एयरफोनबाट उच्च आवाजमा गीतसंगीत सुन्दा कानको जालीमा दवाव पर्ने गर्छ। जसले गर्दा कानको जाली फुट्ने सम्भावना हुन्छ। कानसम्बन्धी समस्या हुने गर्छ। साथै, कानेगुजी समेत सामान्य भन्दा धेरै बन्ने गर्छ।