काठमाडौं -टन्सिल मासिनलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खान आदीका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । घाँटीको भित्री भागमा हुने एक प्रकारको संक्रमण टन्सिलाइटिस हो । जसलाई बोलीचालीको भाषामा टन्सिल भनिन्छ ।
जबकि, टन्सिल एक प्रकारको रोग नभएर हाम्रो जिब्रोको अन्तिम भागमा रहेको मासुको डल्लो आकारको ग्रन्थी हो । यसले श्वासप्रश्वास वा खानाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्ने किटाणुलाई रोक्ने काम गर्छ । यही टन्सिलमा चिसो, धुलो, धुवाँ र मौसमी ब्याक्टेरियाको संक्रमणका कारण समस्या देखियो भने हामीले यसलाई टन्सिल भयो भन्ने गर्छौं ।
किन हुन्छ टन्सिल ?
हाम्रो जिभ्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन् । यसले शरीरको कयौं बीरामितथा संक्रमणबाट बचाउँछ ।
तर, कयौं पटक यो शरीरलाई बचाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ । संक्रमण या कुन अन्य कारणबाट टन्सिलमा पीडा हुन्छ । कयौं पटक यो यति बढ्छ की खान पिउनसमेत समस्या हुन्छ ।
लक्षण
- घाँटी दुख्ने र निल्न गाह्रो हुने
- कान दुख्ने
- जिउ दुख्ने
- जोर्नीहरु दुख्ने
- शरीर काप्ने
- ग्रन्थीहरु सुनिएर रातो हुने वा पाक्ने, पिप निस्कने
टन्सिलको घरायसी उपचार
१. दालचीनी र मह
महले धेरैजसो रोगमा रामवाण जस्तै काम गर्छ । टन्सिलको समस्यामा दालचीनी र मह दुबै लाभदायक हुन्छ । दालचीनीमा दुखाइ कम गर्ने गुण हुन्छ । साथै, महमा एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले संक्रमण गराउने ब्याक्टेरियासँग लड्न मद्दत गर्छ ।
टन्सिल निको पार्न एक चम्चा महमा दुई चिम्टी दालचीनीको धुलो मिसाएर दिनमा दुईदेखि तीन पटक पिउन सकिन्छ ।
२. दूध, बेसार र कालो मरिच
टन्सिलको अर्को प्रभावकारी घरेलु उपचार भनेको दूध, बेसार र मरिचको मिश्रण हो । यसको मिश्रण एकसाथ खाँदा टन्सिलको समस्या निको हुन्छ । बेसारमा एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले घाँटी दुख्ने र सुन्निने समस्यालाई कम गर्छ । साथै, मरिचले घाँटी सम्बन्धित समस्या कम गर्न सहयोग गर्छ ।
यसका लागि एक गिलास तातो दूधमा एक चिम्टी बेसार र आधा चम्चा कालो मरिच मिसाएर राति सुत्नुअघि पिउनुपर्छ ।
३. अदुवा र मह
अदुवामा एन्टी-ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । घाँटीको संक्रमण र दुख्ने समस्याबाट छुटकारा पाउन अदुवा पोलेर मुखमा राख्नुपर्छ । यसमा मह मिसाएर पनि खान सकिन्छ ।
४. त्रिकटु चुर्णर मह
टन्सिलको समस्याबाट छुटकारा पाउन त्रिकटु चुर्ण सेवनगर्न सकिन्छ । त्रिकटु चुर्ण अर्थात् तीनवटा पिरो तत्व सुकेको अदुवा, पिपली र कालो मरिचको बराबर मात्रा मिसाएर बनाइएको मिश्रण हो । यो मिश्रणमा एन्टी —ब्याक्टेरियल, दुखाइ निवारक र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।
५. तुलसी पानी
तुलसी औषधीय गुणयुक्त वनस्पती हो । तुलसीमा प्रतिरोधात्मक क्षमता बढाउने, ब्याक्टेरिया मार्ने गुण हुन्छ । त्यसैले, टन्सिल हुँदा पाँचवटा जति तुलसीको पात पानीमा उमालेर पनि पिउन सकिन्छ । कुनै समस्या नै नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म तातो पानीसँग पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
६. नुन पानी कुल्ला गर्ने
टन्सिल भएमा मनतातो पानीमा नुन राखेर कम्तिमा ५ मिनेट कुल्ला गर्न सकिन्छ । यसरी कुल्ला गर्दा मुखमा भएको हानिकारक जिवाणु पखाल्ने काम गर्छ । र, घाँटी सुन्निएको ठीक पार्छ ।
७. कागती पानी
कागतीमा भिटामिन सि पर्याप्त पाइन्छ । कागतीको रसमा तातो पानी मिसाएर पिउँदा टन्सिल निको हुन्छ ।
८ चिकेन सुप पिउनुस्
चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सू्रपमा कयौं पोषक तत्वपनि पाइन्छ । टन्सिल भए खाना खानसकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ ।
९ लसुन या ल्वाङको प्रयोग
टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।
टन्सिलको सामान्य अवस्थामा घरेलु उपचार विधि लाभदायक हुन्छ । यद्यपि यो लामो समयसम्म भइरहेको छ र धेरै दुःख दिएको छ भने चिकित्सकको परामर्श लिनु जरुरी हुन्छ ।