महिलाहरु आफ्नो जीवनमा चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन । योनि चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावि यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनि चिलाउँछ । कहिलेकाहीं यसरी यौनांग चिलाउनुलाई सामान्य मानिए पनि लामो समयसम्म समस्या कायम रहे त्यो दीर्घ रोगको कारण हुन सक्छ । महिला यौनांग धेरै कारणले चिलाउन सक्छ । तीमध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नहुनु हो । त्यसबाहेक जथाभावी यौनसम्पर्क राख्दा पनि यस्तो समस्या देखा पर्छ ।
यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने जस्ता कुराले सामान्य दिनचर्यामा महिलाहरुलाई असहज बनाइरहेको हुन्छ । यस्तो कुरा उनीहरुले खुलेर भन्न पनि सक्दैनन् । स्त्रीरोग ओपीडीमा आउने सय जना महिलामध्ये ५० जना महिला यौनाङ्ग चिलाउने, पोल्ने र सेतो पानी बग्ने समस्या लिएर आउने गर्छन् । महिलाहरूमा यौनाङ्ग चिलाउने समस्या विभिन्न कारणले देखा पर्छ, तर मुख्यतया सरसफाइमा ध्यान नदिएर र यौन सम्पर्कको कारण संक्रमण भएर यो समस्या हुन सक्छ ।
अविवाहितहरूमा सुगन्धित साबुन, क्रिम, डिटर्जेन्टको प्रयोग, दैनिक रूपमा पेन्टी परिवर्तन नगर्ने र योनीको सरसफाइमा ध्यान नदिएर संक्रमण हुने गर्छ । यही संक्रमणका कारण यौनाङ्ग चिलाउने, दुर्गन्धित पानी बग्ने आदि समस्या देखा पर्छ ।
विवाहित महिलाहरूमा भने यौन सम्पर्कको कारण यो समस्या देखा पर्छ । यदि श्रीमान् वा श्रीमतीमध्ये एकमा यौनरोग छ भने अर्कोमा सरेर पनि महिलामा यो समस्या देखा पर्न सक्छ ।
कारण
- कतिपय महिलामा अनावश्यक तनावका कारणले पनि यौनांग चिलाउँछ ।
- केही अप्राकृतिक वा प्राकृतिक तत्त्वको संक्रमणका कारणले पनि यौनांग चिलाउँछ । यस्तो अवस्थामा योनिको वरिपरि सेतो दहि जस्तो ढुसी जम्मा हुन्छ ।
- जथाभावी यौनसम्पर्क राख्दा यौनांग रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ । यस्तो अवस्थामा अरूलाई भन्दा पनि मधुमेहबाट पीडित महिलाहरूमा संक्रमण हुने सम्भावना हुन्छ ।
- यौनांग छाला सुक्खा भएको अवस्थामा पनि यौनांग चिलाउँछ । त्यसैले यौनांग वरिपरिको छालालाई सुख्खा हुन दिनु हुँदैन ।
- संक्रमण, चोटपटक, महिनावारी बन्द हुनुजस्ता कारणले पनि यस्तो समस्या देखा पर्न सक्छ ।
समाधान
- सबैभन्दा पहिले समस्याको कारण पत्ता लगाउनुपर्छ ।
- कुनै रसायनिक पदार्थ (पफ्र्युम)को प्रयोगका कारण यो समस्या सिर्जना भएको हो भने त्यस्तो पफ्र्युमको प्रयोग बन्द गर्नुपर्छ ।
- कतिपयलाई बाथटब वा स्वीमिङपुलमा नुहाउँदा पनि यौनांग चिलाउने समस्या देखा पर्न सक्छ । त्यसैले सकेसम्म बाथटब वा स्वीमिङपुलमा नुहाउनु हुँदैन ।
- सुतीको अन्तर्वस्त्र प्रयोग गर्नुपर्छ । राति सुत्दा सकेसम्म अन्तर्वस्त्र प्रयोग गर्नुहुँदैन ।
- समस्या समाधान नभएसम्म शारीरिक सम्पर्कबाट टाढै रहनुपर्छ ।
महिनावारी भएका बेला के गर्ने ?
- ताजा फलफूल बढी खानुहोस् । यसमा भएको भिटामिन ‘सी’ र ‘ए’ ले योनिमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ । साथै प्राकृतिक रेशाहरूले आन्द्राको चाल पनि राम्रो गर्ने भएकाले फलफुल नियमित खानुपर्छ ।
- दैनिक ८ देखि १० ग्लास अर्थात् ४ लिटरभन्दा बढी पानी पिउनुहोस् । यस्तो अवस्थामा मद्यपानले यिष्टको वृद्धि गराउने भएकाले मदिरालगायत चिया, कफी पनि कम सेवन गर्नुहोस् ।
- धेरै गुलियो खानेकुरा तथा दुधबाट बनेका परिकारले योनिमार्गका जीवाणुको वृद्धिमा मद्दत गर्छन्, त्यसैले यस्ता खानेकुरा कम खानुपर्छ ।
- सरसफाइमा सजग हुनुहोस् । सधै आफ्नो यौनाङ्ग सफा राख्नुहोस्, तर धेरै पखाल्ने काम नगर्नुहोस् ।
- सधैं अगाडिबाट (योनिमार्गतिरबाट) पछाडि (मलद्वारतिर) पखाल्नुहोस् । यसले मलद्वारमा भएको जीवाणुलाई योनिमार्गमा तथा पिसाब नलीमा जानबाट रोक्छ ।
- योनिमार्ग सफा गर्न महङ्गो अनि बास्नादार साबुन वा सेम्पु नै चाहिँदैन । सामान्य साबुन वा कम क्षार भएका भजाइनल वासले पनि राम्रो सफाई गर्न सकिन्छ ।
- सुगन्धयुक्त प्याड तथा योनिमार्गको छेउछाउमा पाउडर प्रयोग गर्नु उपयुक्त होइन ।
- पीडा कम गर्न हट रबर ब्यागको प्रयोग वा चिकित्सकको सल्लाह बमोजिम दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ ।
- धेरै रगत गए वा धेरै दिन सम्म रगत गए चिकित्सकसँग परामर्श लिनुपर्छ ।
योनी चिलाउने समस्याको निम्न घरेलु विधि अपनाउन सकिन्छ
१. सबैभन्दा पहिले त के कारणले गर्दा योनि चिलाएको हो त्यो थाहा पर्दछ । यदि धेरै जनासँग यौन सम्पर्कले यस्त समस्या भएको हो भने सबैभन्दा पहिले त्यस्तो कार्य बन्द गर्नु पर्दछ ।
२. कुनै रसायनिक पदार्थको प्रयोगबाट जस्तैः पर्फुमको प्रयोगले भो भने त्यस्तो कार्य गर्नु हुँदैन ।
३. बास्नादार टावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छोड्नु राम्रो हुन्छ ।
४. सुतिको पेन्टी मात्र प्रयोग गर्ने र चिलाइ निको नभएसम्म राति सुत्दा पेन्टी नलगाउनु राम्रो हुन्छ ।
५. चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्ने र राख्नै परे कन्डमको प्रयोग गर्ने ।
६. योनि सुख्खा हुने समस्या छ भने यौन सम्बन्ध राख्दा चिप्लो बनाउने चिल्लोको प्रयोग गर्ने ।
७. सधैँ यौन अंग राम्रोसँग सफा गर्नु पर्दछ ।