काठमाडौँ । ओम समाज डेन्टल हस्पिटल वनस्थली शाखाले प्रत्येक महिनाको अन्तिम शनिबार वनस्थली चोकमा निःशुल्क दन्त स्वास्थ्य शिविर कार्यक्रम गर्दै आएको छ ।
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फागुन २४ गते शनिबार लाईन्स क्लव अफ काठमाण्डू, इन्द्र अन्नपूर्ण योगा, विभिन्न क्लबहरुको साथै ईशान स्त्री तथा बाल अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, कीर्तिपुर आँखा अस्पतालको सयुक्त आयोजनामा सम्पन गरेको छ ।
ईशान अस्पतालबाट स्त्री रोग र बच्चाहरूको निःशुल्क चेक जाँच , ग्राण्डी अस्पतालबाट रक्तदान कार्यक्रम, कीर्तिपुर आँखा अस्पतालबाट निःशुल्क चेक जाँच, औषधि वितरण, चस्मा वितरणको साथै ओम समाजले निःशुल्क दन्त चेक जाँच, दाँत सफा, दाँत निकाल्ने, मुख स्वास्थ्य हेरविचार सम्बन्धि जानकारीको तथा परामर्श दिईएको थियो ।
उक्त शिविरमा ओम समाजले ४३६ जना दन्त चेक जाँच, ईशान अस्पतालले ७४२ जना, कीर्तिपुर आँखा अस्पतालले ३५६ जनालाई सेवा प्रदान गरेका थिए भने ३६ जनाले रक्तदान गरेका थिए ।