केरा निकै मिठो तथा गुणकारी फल हो । केरा हामी सामान्यतया खान्छौ। हामीलाई थाहा नहुनसक्छ कि यो श्वासथ्यको लागि कती फाईदाजनक हुन्छ। यो स्वदिलो फल स्वदिलो मात्र हुँदैन यो सम्पूर्ण पौश्टिक तत्वले भरिपूर्ण पनि हुन्छ। केरामा प्रोटिन, भिटामिन, खनिज, फाइबर , प्राकृतिक सुगरहरु सुक्रोज तथा फ्रुक्टोज आदी पाईन्छ।
वास्तवमा केरा फलहरु मध्येमा सबैभन्दा उत्तम फल भन्दा फरक पर्दैन । केरा केवल जिउमा शक्तिवर्धक फलको रुपमा मात्र होइन यसले हामीलाई विभिन्न खाले रोगबाट बचाउँछ पनि । यसमा स्याउमा भन्दा ४ गुणा बढि प्रोटिन, दोब्बर कार्बोहाइड्रेट, तेब्बर फोस्फोरस, पाँच गुणा बढि भिटामिन ए तथा आइरन पाइनुका साथै दोब्बर मात्रामा अन्य भिटामिन तथा लवण पाइन्छ । त्यसकारण भनिन्छ, ‘ए बनना अ डे, किप्स डक्टर अवे ।’
यि हुन केरा नियमित खादाका फाईदाहरु :
१ छाति पोल्ने : पेटमा अम्लपना बढेर डकार आउने, अमिलो पानी आउने तथा छाति पोल्ने जस्तो समस्या देखिएमा केराको सेवन उपयोगी हुन्छ । केरामा प्राकृतिक अम्लप्रतिरोधी तत्व हुन्छ ।
२ उच्च रक्तचाप : केरामा सोडियमको मात्रा कम र पोटासियम को मात्रा ज्यादा हुन्छ। यो मुटुको लागि राम्रो मानिन्छ। केरामा उच्च मात्रामा फलाम तत्व पाइन्छ जसले रगतमा हेमोग्लोबिन अर्थात् रक्तकणको उत्पादन बढाउँछ र रक्तअल्पताबाट बचाउन सहयोग गर्छ ।
३ शक्तिबर्दक :केरा आफ्नो पौश्टिक तत्वहरुका कारण शक्तिबर्दक मानिन्छ। काम अघी १ वा २ वटा केरा खादा काम गर्ने जागर केही घण्टा को लागि बड्छ।
४ गर्भावस्थाको वाकवाकी : गर्भावस्थाका सुरुका दिनहरुमा बिहानपख वाकवाकी आउने तथा वान्ता हुने र जिउ बिमार हुने समस्यासँग जुध्नका लागि केरा निकै उपयोगी हुन्छ । केराले रगतमा चिनीको मात्रा सन्तुलन गर्दछ ।
५ अल्सर :आन्द्रामा घाउ हुने अर्थात् अल्सरका रोगीका लागि समेत केराको सेवन उपयुक्त हुन्छ । पेटको अल्सर मा खाना बार्न पर्ने हुन्छ तर केरा खान सकिन्छ यस्को नरम सतह ले पेटको सतहमा ष्लिष्लन बनाउछ र दुखाइ कम गर्छ।
६ डिप्रेसन : डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुने अनुसन्धानले देखाएको छ । केराले शरिरलाई रिल्याक्स गर्छ, तनाव घटाउँछ, मूड सुधार्छ र खुसी अनुभुति गराउँछ । केरामा भिटामिन बी ६ पनि पाइन्छ जसले सरीरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँछ र यसले पनि तनावलाई नियन्त्रण गर्न सहयोग पूराउँछ ।
७ कब्जीयत : केरा खाँदा पेट राम्रोसँग सफा हुन्छ । केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।
८ तापक्रम : केराले शरीरको तापक्रम नियमित गर्छ। गर्मी समयमा केरा खादा शरीरलाई सितल भएको महसुस हुन्छ। यसले शरीरबाट नष्ट हुने पानी तथा चिनीको भरणपोषण तत्कालै गरिदिन्छ ।