जाडो सकिएर बिस्तारै गर्मी मौसम आउँदै छ । मौसम परिवर्तनसँगै यो बेला बच्चाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । यस्तो मौसममा बच्चालाई भाइरल ( viral ) ज्वोरो,झाडापखला, वान्ता एकदमै हुने गर्दछ यसको साथसाथै कास लाग्ने समस्या र डाबर हरु हुने गर्दछ। यस्तोबेला साना बच्चाहरुलाई हेरचाह गर्नु एकदमै चुनौतीपूर्ण हुन्छ । गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ।
गर्मीमा बालबालिकाको हेरचाह गर्दा निम्न कुरा ख्याल गर्नुपर्छः
बच्चालाई धेरै बाक्लो कपडा नलगाईदिने
हाम्रो समाजमा गर्मिमा पनि बच्चाहरुलाई जाडोमा जस्तै धेरै लुगा लगाईदिने, एकदमै न्यानो पार्दिने गर्ने गरिन्छ त्यसो गर्नुहुदैन। न्यानो कपडा लगाइदिनु सट्टा बच्चाहरुलाई सितलो कपडा लगाइदिने, झ्यालढोका खुल्ला राखेर सफा हावा आउन दिने गर्यो भने पसिना, डाबरहरु आउँदैन। बच्चाहरु आँफै धेरै पानी खान खोज्दैनन र त्यसले गर्दा उनिहरुमा मा समस्या आउन सक्छ। तेसैले बच्चाहरुलाई धेरै पानी पिलाउनुपर्छ ।
बच्चाहरुलाई धुलो धुवाबाट टाढा राख्ने
बच्चाहरुलाई मास्क लगाईदिने तर ओभर प्रोटेक्शन ( overprotection ) नगर्ने बच्चाहरु स्कुलिङको सुरुवती दिनहरुमा घरको जस्ता वातावरण नभएको कारणले छिटै बिरामी पर्न सक्छ। त्यसैले बच्चाहरुलाई साधारन वातावरणमा हुर्काउने ,किनकि साधारण वातावरणमा हुर्काएको बच्चाको रोगसँग लड्ने शक्ति बढी हुने गर्दछ।
बच्चालाई हाइड्रेड राख्ने
गर्मीको समयमा शरीरमा पानीको अभाव धेरै हुने गर्छ । त्यसैले समय/समयमा बच्चालाई पानी खुवाइरहनुपर्छ ।
नियमित नुहाइदिने
गर्मीको मौसममा बच्चालाई नियमित रुपमा नुहाइदिनुपर्छ । साँझको समयमा चिसो स्पन्ज बाथ दिने र पछि क्रिम मसाज गर्ने गर्नुपर्छ ।
डाइपरको लामो समय सम्मा प्रयोग नगर्ने
बच्चाहरुलाई कहिले पनि लामो समय सम्म एउटै डाइपर लगाई राख्नुहुदैन। यसरी लामो समय सम्मा एउटै डाइपर प्रयोग गर्दा बच्चालाई कास लाग्ने समस्या हुन सक्छ यति मात्र होइन लामो समय सम्म एउटै डाइपरको प्रयोगले छालामा डाबरहरु पनि धेरै आउने गर्दछ।
बच्चालाई घाममा राख्दा निम्न कुरामा ध्यान दिने
- क्रीमको सट्टा बरु फुल बाहुल भएको लुगा लगाईदिने ।
- बच्चाहरुलाई समय समयमा पानी पिलाउने ।
- घाममा राखेर ननुहाईदिने ।
- बच्चालाई हाम्रो समाजमा दिनभर घाममा राख्नुपर्छ भन्ने चलन छ तर यो गलत हो। बच्चालाई बिहान १२ बजे अघिको घाममा मात्र राख्दा राम्रो हुन्छ।
अरु ध्यान दिनु पर्ने कुराहरु
- ६/६ घण्टाको अन्तरमा डाइपर चेन्ज गर्दिराख्ने।
- सरसफाईमा ध्यान दिने ।
- पाउडरको प्रयोग गर्ने ।
- Rashcream हरु लगाईदिने ।
- किरा वा लामखुट्टेको टोकाबाट जोगाने ।
- बच्चालाई प्रश्षत पनि खुवाने ।
- बच्चाहरुलाई मसालेदार, तारेका तथा सडकमा बेच्न राखिएका काटेका फलफुल नखुवाउने ।
- ताजा फल, हरिया तरकारी, जुसजस्ता स्वस्थकर खानेकुरा र हल्का खाना खुवाउने ।
- बच्चालाई चेकअप गर्नुभन्दा पहिलेनै अथवा डाक्टरको सल्लाहबिना एन्टीबाइटिक ( Antibiotic ) नखुवाउने ।
- बच्चालाई नुहाईदियो भने बिरामी हुन्छ भन्ने एकदमै गलत धारणा हो। बच्चालाई हरेक दिन नुहाईदिनुपर्छ।
- यदि बच्चालाई लगातार झाडापखला, वान्ता एकदमैहुने साथसाथै कास लाग्ने समस्या र डाबरले धेरैनै समस्या दियोभने तुरन्तै अस्पताल लाने ।
( डा. निभा राजभण्डारीसँगको कुराकानीमा आधारीत )