काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले श्वेतपत्र जारी गरेको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सम्बन्धमा श्वेतपत्र जारी गरेको हो। उक्त श्वेतपत्रमा विभिन्न ४५ वटा बुँदा रहेका छन्। जसमा बीमाको वर्तमान अवस्था, सेवाको फैलावट, पृष्ठभुमी, सेवा लिनेको विवरण, समान प्रकृतिका कार्यक्रम, भावी लक्ष्य लगायतका विषयहरु रहेका छन्।
स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य विमा नियमावलीमा संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बोर्डका कार्यकारी निर्देशक डा। रुघुराज काफ्लेले बताए। उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गर्ने योजनामा अघि बढी सकेको भन्दै यसमा सबैको साथ आवश्यक रहेको बताए । बीमा सुरु गरेदेखि हालसम्म बीमामा आवद्धताको अवस्था हेर्दा अधिकांश व्यक्ति बीमामा आवद्ध हुन बाँकी रहेको काफ्लेले बताए।
अझै बहुसङ्ख्यक नागरिक बीमा बाहिर रहेका छन् । हालसम्म २० प्रतिशत जनसङ्ख्याले मात्र बीमामा आवद्धता रहेका छन् । वर्तमान अवस्थामा स्वास्थ्य बीमा कार्यक्रमले २२० प्रतिशत मेडिकल घाटा व्यहोरिरहेको काफ्लेले बताए। त्यसलाई सुधार गरी दिगो रुपमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनले बताए ।
जारी भएको श्वेतपत्र बिमितहरूले सेवा छाड्ने दर पनि उच्च रहेको श्वेतपत्रमा भनिएको छ । आव २०८१र८२ को फागुन मसान्तसम्मको विवरणअनुसार ज्येष्ठ नागरिकसहित २० लाख ७५ हजार ७०० परिवार बीमामा आवद्ध भएका छन् । यो कुल घरधुरि ३१ प्रतिशत रहेको श्वेतपत्रमा भनिएको छ । हालसम्म २० प्रतिशत जनसङ्ख्याले बीमामा आवद्धता जनाएका छन् । यो भनेको ५७ लाख ५३ हजार ८१७ जना हो ।
अन्य के-के छ त श्वेतपत्रमा ?