काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं राष्ट्रिय शिखर सम्मेलन शनिबार सम्पन्न भएको छ । विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुलाई अवार्ड वितरण गर्दै उक्त सम्मेलन सकिएको हो ।
समारोह समापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव हरी प्रसाद मैनाली र परिषद्का कार्यकारी प्रमुख डा प्रमोद जोशीले अवार्ड वितरण गरेका हुन् ।
स्वास्थ्य अनुसन्धान परिषद्ले यस वर्षको मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट(एमएसएमटी) ओरेसन अवार्ड डा आनन्द बल्लभ जोशीलाई दिइएको छ। हेल्थ रिसर्चर लाइफटाइम अचिभमेन्ट अवार्ड-२०२४ बाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. बुद्ध बस्नेत सम्मानित भएका छन्। स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार-२०२४ बाट पाटन एकेडेमी अफ हेल्थ साइन्सका एसिस्टेन्ट प्रोफेसर डा पवन शर्मालाई प्रदान गरिएको छ।
त्यसैगरी युवा हेल्थ रिसर्च अवार्ड त्रिवि शिक्षण अस्पतालका डा संगम शाहले पाएका छन् भने मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सा डाक्टर) -२०२४ बाट त्रिवि शिक्षण अस्पतालका क्लिकल फर्माकोलिजीका एसोसियट प्रोफेसर डा राकेश घिमिरेले पाएका छन्। जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल (जेएनएचआरसी) सर्वश्रेष्ठ अनुसन्धान पत्र पुरस्कार-२०२४ दिलिप कुमार यादव, गिरिजा शंकर शुक्ला, निना गुप्ता, नविन श्रेष्ठ, जितेन्द्र कुमार सिंह, हरि काफ्ले, प्रतिमा यादव, दिपेन्द्र कुमार यादवको अनुसन्धान आर्टिकलले पाएको छ।
मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (एनएचआरसी कर्मचारी)-२०२४ बाट सुदिप पौडेलले पाएका छन्। गोपाल प्रसाद आचार्य स्वास्थ्य अनुसन्धान पुरस्कारबाट विराट मेडिकल कलेजका विद्यार्थी डा सजन अहमद खानले पाएका छन्। त्यसैगरी वेस्ट रिसर्च पेपर अवार्ड-२०२४ (ओरल) तर्फ सुस्मिता नेपाल पुरस्कृत भइकी छन् भने वेस्ट रिसर्च पेपर अवार्ड-२०२४(पोस्टर) तर्फ तृष्णा राईले पाएकी छन्।
त्यसैगरी स्वास्थ्य अनुसन्धान पत्रकारिता पुरस्कार नागरिक दैनिकमा कार्यरत स्वास्थ्य पत्रकार पबित्रा सुनारले पाएकी छन्। दुइ दशकदेखि पत्रकारितामा सक्रिय सुनार डेढ दशकदेखि स्वास्थ्य पत्रकारिता सक्रिय छिन्। एनएचआरसी वेस्ट प्रफर्मर अवार्डबाट इनएचआरसीका एडमिन अफिसर सरस्वती प्रसाद भट्टराईले पाएका छन् भने एनएचआरसी वेस्ट सेक्सन अवार्ड- २०२४ बाट हेल्थ रिसर्च सेक्सनले पाएको छ।
एनएचआरसी दीर्घ सेवा पदकबाट २५ वर्ष भन्दा बढीकाम गरेका असिस्टेन्स अकाउन्ट अफिसर पोकलाल घिसिङ र सवारी चालक लाल बहादुर घिसिङ सम्मानित भएका छन् ।