काठमाडौं । नेपाली औषधि उद्योगकोे अघिलो आर्थिक वर्ष भन्दा यस बर्षको बिक्रि २० प्रतिशतले बढेको छ ।
एपोन ले आर्थिक वर्ष २०८०/८१ को नेपाली औषधि उद्योगको विक्रीवितरण तथ्याङ्क सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा २० प्रतिशतले ग्रोथ गरेको देखाएको छ ।
कार्यक्रममा नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष तथा उधोग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाली औषधि उद्योगले एक वर्ष भित्रमा ३५.२ अर्बको कारोबार गर्न सफल भएको जानकारी दिए । उनले एघार नेपाली औषधि उद्योगले आर्थिक वर्ष २०८०/८१ मा एक सय करोड भन्दा बढीको औषधि बिक्री गरेको जानकारी दिए ।
एपोनका उपाध्यक्ष सन्तोष बरालले नेपाली औषधिको बजार बढ्नु सुखद भएको बताए। उनले सरकारले केही नीतिगत र कानुनी सहयोग गर्ने हो भने नेपाली औषधिको बजार ह्वात्तै माथि जाने जानकारी दिए।' बिक्री बढ्नु राम्रो कुरा हो। अझ यसमा सरकारको साथ हुने हो भने नेपाली बजारमा नेपाली उद्योगको बजार हिस्सा छोटो समयमा नै ८० प्रतिशत भन्दा माथि पुग्न सक्छ,' उनले भने।
गत आर्थिक वर्ष २०७९/८० मा २९.३६ अर्बको सेल्स गरेकोमा यो आर्थिक वर्ष २०८०/८१ मा ३५.२ अर्बको बिक्री हुँदा १९.८९ प्रतिशतको सेल्सग्रोथ भएको तथ्याङ्कले देखाएको छ। ६७ औषधि उधोगको सबैभन्दा कम ६ करोडको कारोवार गर्ने देखि ३ सय ५० करोड सम्मको गरेका छन्। करिव ७० प्रतिशत अर्थात ४५ औषधि उद्योगको कारोवार १५ करोड भन्दा कम छ। भने पाँच औषधि उद्योगको कारोबार २५० करोड भन्दा बढी रहेको छ ।
कार्यक्रममा संघका कोषाध्यक्ष पृथ्वी राजभण्डारी लगायत कार्यसमिति सदस्य, एपोन मार्केटिङ सर्कलमा पदाधिकारी र एपोनका वरिष्ठ सल्लाहकार तथा औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक राधारमण प्रसादको उपस्थिति रहेको थियो।
एपोनका अनुसार यो तथ्यांक एपोनका सदस्य रहेका ७६ उद्योग तथा बजारीकरण गरिरहेका ६७ औषधि उधोगको विवरण हो।