पछिल्लो समय नसाको समस्या बढ्दै गएको छ । धेरै मानिसलाई कम्मर दुख्ने, गर्धन दुख्ने, हातखुट्टा झम्झाउने, निदाउने, पोलेको जस्तो अनुभव हुने जस्ता समस्या भइरहेको हुन्छन्। नसा च्यापिनु आफैँमा कुनै रोग नभएर ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांसपेशी तथा नसाको कमजोरीले गर्दा उत्पन्न हुने यान्त्रिक समस्या हो। हाम्रो शरीरमा गर्धन र कम्मरमा नसा च्यापिने समस्या बढी हुन्छ। नसा कसरि च्यापिन्छ ? कस्ता व्यक्तिमा जोखिम बढि हुन्छ ? नसा च्यापिएपछि के गर्ने ? कस्तो अवस्थामा शल्यक्रिया गर्नैपर्छ ? यसै बारेमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन डा.आशिष जंग थापासँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
परिचय
नसा च्यापिने भनेको हाम्रो शरीरमा भएको मेरुदण्डको भित्रपट्टि एउटा ब्रेन र अर्को स्पाइनल कर्ड हुन्छ । स्पाइनल कर्ड भनेको शरीर र टाउकोलाई जोड्ने मूल नसा हो। खपरले ब्रेनलाई प्रोटेक्ट गरे जस्तै मेरुदण्डले स्पाइनल कर्डलाई बचाइराखेको हुन्छ। दुईवटा मेरुदण्ड अलगअलग जम्मा २६ हड्डीले बनेको हुन्छ।
दुईटा हड्डीको बीचमा एउटा डिस्क हुन्छ । डिस्क भनेको बहिर पटि कुरकुरे हड्डी र भित्र पटि जेलि जस्तो पदार्थ हुन्छ । यसले दुईटा हड्डी बीचको कोषलाई ब्यालेन्स गरेर राखेको हुन्छ। कुरकुरे हड्डी पछाडि सरेर नसामा दबाब सृजना भएपछि नशा च्यापिने हुन्छ। यो बाहेक नसा च्यापिनुका अरू कारण पनि हुन्छ। नसाको समस्या बढ्नुको मुख्य कारण जीवनशैली हो ।
नसा च्यापिने कारणहरु
नसा च्यापिनुको मुख्य कारण भनेकै अव्यवस्थित जीवनशैली हो । धेरै घामको सम्पर्कमा नआउने मानिसहरु मा 'भिटामिन डि 3' को कमि संगै क्याल्सियमको कमि हुन्छ जसले हड्डी कम्जोर बनाउछ । शरीरमा मिनिरलको मात्र कमीले, इन्फेक्सन, हड्डीहरु खिइएर नसाको समस्या निम्तिने गर्छ । धेरै बेर कुर्सीमा बस्नुपर्ने मानिस, मोटोपन, धेरै गाडी चलाउने, चुरोटको सेवन गर्ने मानिसमा नसा च्यापिने जोखिममा हुन्छन् । लामो समय उभिएर वा बसेर काम, कम्प्युटरमा धेरै काम गर्ने, निहुरिएर काम गर्दा डिस्क बाहिर निस्कन सक्छ जसकारण नसा च्यापिने सम्भावना बढी हुन्छ ।
युवामा चोटपटका कारण हड्डीले आफ्नो ठाँउ छोडो भने, भारी काम गर्ने, कुनै संक्रमण, ढाडको भागमा क्षयरोग, बाथरोग, आकस्मिक चोटका कारण कुरकुरे हड्डी थिचिएर नसा च्यापिन सक्छ । बढ्दो उमेरमा हड्डी खिइएर नसा च्यापिने हुन्छ । महिलाहरुमा महिनावारि हुदा हर्मोन परिवर्तका कारण, पोषणको कमि, क्याल्सियमको कमिका कारण महिलामा नसा च्यापिने समस्या बढि रहेको छ ।
लक्षण
गर्धनमा नसा च्यापिएमा
- गर्धन दुख्ने
- हात झम्झाउने
- लाटो हुने,
- हात नचले जस्तो हुने
- पोलेको जस्तो अनुभव हुने
कम्मरमा नसा च्यापिएमा
- कम्मर दुख्ने,
- खुट्टा झम्झाउने
- लाटो हुने,
- पैतला पोलेको जस्तो हुने
- खुट्टा पछाडि नसा तानिए जस्तो हुने
- दिसापिसाब गएको थाहा नहुने
- हिडन नसक्ने
यसको उपचार र कस्तो अवस्थामा सर्जरि गर्नुपर्छ ?
यसको उपचारमा नसा कति च्यापिएको छ त्यसमा भर पर्छ । नसा तिन किसिमले च्यापिने गर्दछ । पहिलो सामान्यतय नसा पछाडि धकेले जस्तो मात्र हुन्छ । यस्तो अवस्थामा जीवनशैली परिवर्तन जस्तै एउटै ठाउमा बसि नराख्ने, धेरै मोबाई वा कम्प्युटर नचलाउने, तौल धेरै भए नियन्त्रण गर्ने, फिजियो थेरापि गर्ने हो भने यो समस्या ठिक हुन्छ । दोस्रो पछाडि निसकेको नसा अलि च्यापिएको छ भने पनि यो अवस्थामा सर्जरि आवस्यक हुदैन् औषधिको सेवन र माथि जस्तै जीवनशैली अपनाउने हो भने ठिक हुन्छ । तेस्रो अवस्था भने को डिस्क नै बाहिर निस्केको छ नसा च्यापिएर बिग्रेको छ भने सर्जरिनै गर्नुपर्ने हुन सक्छ ।
यस बाहेक बिरामिको अवस्था हेरेर यदि बिरामिको हातखुट्टा दुख्ने, झम्झाउने मात्र नभई हातखुट्टाहरुमा कम्जोरि देखिन थालेको छ भने सर्जरिनै गर्नु पर्छ । यो अवस्था भने नसा धेरै नै बिग्र सक्यो भने बुझिन्छ यसले गर्दा हातखुट्टाहरुमा कम्जोरि मात्र नभई दिसापिसाब गएको थाहा नहुने समेत हुन्छ । यस अवस्थामा प्यारालाईस पनि हुन सक्छ । यस्तो अवस्था लाई इमर्जन्सि भनिन्छ र सर्जरि गरि हाल्नुपर्छ ।
नसा च्यापिएको अवस्थामा के गर्ने
हड्डी कम्जोर भएको कारणले गर्दा मांसपेसिको काम बढेर जान्छ जस कारण कम्मर वा गर्धन दुख्ने हुन्छ । यस्तो अवस्थामा आराम दिनुपर्ने हुन्छ ।
- कम्मरमा बेल्ट र घाँटीको कलर लगाउने
- जीवनशैली सुधार्ने
- धेरै अग्लो सिरानि नराख्ने
- कम्मरको लागि धेरै नरम बिस्तारामा नसुत्ने
- टुसुक बसेर वा निहुरेर काम नगर्ने
- निहुरेर धेरै मोबाई अथवा कम्प्युटर नचलाउने
यदि यि कुरामा ध्यान नदिँदा समान्य नसा च्यापिएको औषधिले ठिक हुने पनि जटिल बन्न सक्छ । रोग पूर्णरुपमा ठीक हुनको लागि लामो समय लाग्ने हुनाले बिरामीहरुले धैर्यता राख्नु पर्ने हुन्छ ।
बिना सर्जरि थेरापिबाट पुर्णरुपमा निको पार्न सकिन्छ ?
थेरापिबाट मात्र पुर्णरुपमा निको हुन्छ भन सकिदैन् तर यदि बिरामिलाई औषधिलेनै ठिकहुने अवस्था छ भने यसले धेरै हद्सम्म सपोर्ट गर्छ । थेरापिले दुखाई कम गर्ने मात्र हो नसा च्यापिएको वा डिस्क सरेको अवस्थामा डिस्क आफ्नो ठाँउ ल्याउन थेरापिबाट मात्र सक्दैन् । डिस्कलाई आफ्नो ठाँउमा आउन ६ महिना देखि एक बर्षको समय लाग्छ । यस समयमा माथि उलेखित समस्या आएन भने र आफुने सवधानि अपनाउने हो भने औषधिले ठिक हुन्छ ।
नशा च्यापिने समस्याको पछिलो अवस्था कस्तो छ ?
अहिलेको अवस्थामा युवा तथा काम गरि रहेका मानिसमा नशा च्यापिने समस्या बढि देखिएको छ । अहिलेको पुस्तामा सन्तुलित दिनचर्या नभएकाले यो अवस्था सिर्जना भएको छ । अफिसमा कम्प्युटरमा काम गर्ने, लामो समयसम्म बसेर काम गर्ने, लामो दुरीको गाडी चलाउने ड्राइभरहरू, डाक्टर, प्रहरी, कार्यकारी अधिकृतहरू, बैंकर्सहरू जस्ता तनावग्रस्त पेसामा संलग्न पेसाकर्मी यस समस्यको जोखिममा हुन्छन् । सिलाईको काम गर्नेहरूको घाँटीको नसा च्यापिने सम्भावना बढी हुन्छ। यस्ता जीवनशैली भएका व्यक्तिको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ ।
ओपिडिमा आउने धेरै बिरामिको सर्जरि गर्दा वा सर्जरि पछि प्यरालाईसिस हुन्छ नसा काटिन्छ झन् समस्या हुन्छ भने गतल धारणा छ, जुन सत्य होइन् । पहिले पहिले केहि समस्या आए पनि समय संगै आधुनिक उपचार पद्दति आई रहेको छ अहिले भने त्यस्ता समस्याहरु आउने गरेको छैन् । समय संगै नेपालमा पनि आधुनिक उपचार पद्दति भित्रिएको छ ।
समस्या आउन नदिन के गर्ने
- नियमितरूपमा व्यायाम गर्ने ।
- बिहानको घाममा बस्ने ।
- लामो समय बसि नराख्ने ।
- काम गर्दा प्रत्येक आधा घण्टामा २ मिनेट आराम लिने ।
- तैल नियन्तण गर्ने ।
- धूमपान, मद्यपान, जंकफुड आदि नखाने ।
- लामो समयसम्म उभिरहने वा बसिरहने नगर्ने। गर्नैपर्ने भएमा बीचबीचमा अवस्था परिवर्तन गरिरहने । उभिएर गर्नुपर्ने काम गर्दा एक खुट्टालाई अर्को खुट्टाभन्दा ६ इन्च जतिमाथि कुनै वस्तुको आड लिने ।
- प्रसस्त पानी पिउने।
- क्याल्सियम बढी पाइने खानेकुरा खाने ।
- सामान वा गरुंगो वस्तु उठाउँदा सावधानी अपनाउने ।
- ड्राइभिङ सिटमा वा कुर्सीमा बस्दा ब्याक रेस्टका प्रयोग गर्ने ।
- समय समयमा सुगर, प्रेसर, थाइराइडको जाँच गर्ने ।
ओपिडिमा आउने धेरै बिरामिको सर्जरि गर्दा वा सर्जरि पछि प्यरालाईसिस हुन्छ नसा काटिन्छ झन् समस्या हुन्छ भने गतल धारणा छ, जुन सत्य होइन् । पहिले पहिले केहि समस्या आए पनि समय संगै आधुनिक उपचार पद्दति आई रहेको छ अहिले भने त्यस्ता समस्याहरु आउने गरेको छैन् । समय संगै नेपालमा पनि आधुनिक उपचार पद्दति भित्रिएको छ ।