काठमाडौँ । देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । कैलाली अत्तरियास्थित जलवायु विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले केही दिनदेखि कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा दैनिक तातो हावा (लु) चल्न थालेसँगै अत्यधिक गर्मी रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
कार्यालयले गर्मी बढ्दै जाँदा धनगढीको अधिकतम् तापक्रम मंगलबार यो वर्षकै सबैभन्दा बढी ४० दशमलब आठ डिग्री सेल्सियस मापन भएको जानकारी दिएको छ । अहिले ‘प्रि मनसुन’ को समय चलिरहेकोले बढी गर्मीको महसुस भएको कार्यालयले जनाएको छ । गर्मीले त्याहाको जनजीवन प्रभावित हुनथालेको छ ।
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने भएकाले यसबाट बच्ने ।
“तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीको सल्लाह सुझाव लिने ।