काठमाडौं- सरकारले स्वास्थ्य सेवाका सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ । आज जारी आर्थिक सर्वेक्षणमा दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने र स्वास्थ्य संस्थामा प्रसूती गराउने गर्भवतीको सङ्ख्या वृद्धि हुँदै गएको जनाइको छ ।
विसं २०७७ फागुनसम्ममा दक्ष प्रसूतिबाट प्रसूति गराउने महिला ७९।३ प्रतिशत र स्वास्थ्य सेवामा प्रसूति गराउने ७७ं.७ प्रतिशत छ ।
यसैगरी नवजात शिशुमृत्युदर, शिशु मृत्युदर, पूर्ण रुपमा सबै प्रकारका खोप लगाउने बालबालिकाको प्रतिशत लगायतका अन्य स्वास्थ्य सूचाङ्कमा सुधार भएको सर्वेक्षणमा उल्लेख छ । पाँच बर्ष मुनिको बालमृत्युदर एक हजारमा २८ जना, नवजात शिशुमृत्युदर एक हजारमा (२८ दिनभित्र) १६ जना, शिशुमृत्युदर प्रति एक हजारमा (एक बर्षभित्र) मा २५ उल्लेख छ ।
सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि ५४ कोभिड अस्पताल, १२५ कोभिड क्लिनिक र ८४ पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । यस्तै विसं २०७७ फागुन मसान्तभित्रमा २२ हजार १२७ क्यारेन्टिन श्यया, १३ हजार ७७२ आइसोलेशन श्यया, एक हजार १५४ सघन उपचार कक्ष ९आइसियुं०, ४७५ भेन्टिलेटर र ६७६ हाई डिपेन्डेन्सि युनिट (एचडियू) निर्माण गरेको जनाएको छ ।
यसगैरी सोही अवधिमा सात हजार २२१ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन । १२५ अस्पताल, २०५ प्राथमिक स्वास्थ्य केन्द्र, तीन हजार ८७० स्वास्थ्य चौकी, ३९५ आयुर्वेदिक अस्पताल र दुई हजार ६२६ उपस्वास्थ्य चौकी रहेका छन । विसं २०७६ फागुनसम्म सात हजार १५४ रहेका थिए ।
यस्तै सबै स्थानीय तहको हरेक वडामा एक स्वास्थ्य संस्था राख्ने योजना अनुसार फागुनसम्म दुई हजार ६२६ पुगेको छ । सरकारले आव २०७६(०७७ मा सरकारी, निजी र सामुदायिक स्वास्थ्य संस्थाबाट बहिरङ्ग सेवा ८८।७ प्रतिशत, अन्तरङ्ग सेवा ४.१ प्रतिशत र आकस्मिक सेवा ७।२ प्रतिशत बिरामीले लिएका छन् ।
औलो क्रमशः नियन्त्रणमा
आर्थिक सर्वेक्षणमा औलो रोग क्रमशः नियन्त्रण हुँदै गएको बताइएको छ । आव २०७६(०७७ मा दुई लाख ५२ हजार १५५ व्यक्तिको नमुना परीक्षण गर्दा ६१९ जनामा औलो रोग देखा परेकोमा आव २०७५(०७६ मा एक लाख ९९ हजार ९२७ जनामा परीक्षण गर्दा एक हजार ६५ जनामा औलो देखिएको थियो ।
यस्तै चालु आवमा २०७(०७८ मा स्वास्थ्य क्षेत्रको कुल मूल्य अभिवृद्धि बृद्धिदर अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको पाइएको छ । चालु आवमा मूल्य अभिवृद्धि ६।५३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । अघिल्ला आवमा ५।२ प्रतिशत रहेको थियो ।
यसैगरी आर्थिक सर्वेक्षणमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिएको छ । विसं२०७७ फागुन महिनासम्म ६९ जिल्लाका ११० स्थानीय तहका ६७३ वडामा स्वास्थ्य कार्यक्रम सञ्चालित छ । स्वास्थ्य बीमा कार्यक्रमबाट सात लाख ४२ हजार १९२ घरपरिवारका ३७ लाख १० हजार ९६२ सदस्य विमित छन् ।
यस्तै ७० अत्यावश्यक औषधि निःशुल्क वितरण गरिएको छ । राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत २५ श्ययाबाट ७० औषधि, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाईबाट ३८ अत्यावश्यक औषधि निःशुल्क वितरण हुँदै आइरहेको छ । सरकारले २०७७ फागुनसम्म मा ३९ हजार २७९ बिरामीलाई क्यान्सर, मुटु र मिर्र्गौला रोगका निःशुल्क औषधि उपचार गरेको छ ।रासस