काठमाडौं- प्रत्येक चार जना नेपाली मध्ये एक जनालाई मानसिक रोग हुने गर्छ । ९० प्रतिशत भन्दा बढि आत्महत्या गर्ने व्यक्ति मानसिक रोगि रहेको बताए ।
मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको , त्यस्तो अवस्थालाई जनाउँछ , जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न , जीवनका सामान्य तनावको सामना गर्न , उत्पानदशील एवं प्रभावकारी तरिकाले काम गर्न र पविार तथा समुदायमा योगदान दिन सक्षम हुन्छ ।
मनोसामाजिक , आर्थिक , जैविक , बातावरयीय आदि कारणहरुबाट व्क्तिको मनका भावना , बीचार वा सोचाईहरुमा आउने बिचलनले गर्दा मानिसमा देखिने भावनात्मक , संवेगात्मक , सामाजिक तथा व्यवहार परिवर्तनलाई मानसिक स्वास्थ्य समस्या भनिन्छ ।
मानसिक स्वास्थ्य समस्याले व्यक्तिको भावना सोचाई र व्यवहारमा परिवर्तन आउँछ र जसका कारण व्यक्तिको दैनिक क्रियाकलाप व्यबहार तथा सम्वन्धमा असर पुग्दछ । यस्तो समस्या जुनसुकै लिङ्ग तथा उमेर समूहलाई पनि हुन सक्छ ।
मानसिक स्वास्थ्य समस्या हुदा के के लक्षण देखिन्छन् ?
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुमा भावनात्मक लक्षणहरु जस्तै: दुःखी महसुस गर्ने , धेरै डराउने , बिना कारण उदास हुने ,स्मरण शक्तिमा कमि आउने, चिन्ता लागिरहनु, शरीरिक लक्षणहरु जस्तै: अत्याधिक थकान महसुस हुनु , दुब्लाउदै जाने, शिथिल तथा कमजोर हुने , निद्रा गडबडि , खानामा रुचि घट्ने , लगायत व्यवहारिक समस्या जस्तै : शंका गर्ने बर्बराउने, आफनो स्वास्थ्य प्रति बेवास्ता गर्ने रिसाउने ,आक्रामक हुने र समाजलाई मान्य नहुने व्याबहारहरु गर्ने लगायतका लक्षणहरु देखाएका हुन्छन् ।
अस्पताल तथा स्वास्थ्यचोकीमा उपचारको लागि आउने बिरामी मध्ये करिब २०-२५ प्रतिशत सम्मले केहि मानसिक या व्यबहारजन्य समस्यालाई प्राय अन्यक शारिरक समस्या सँग जोडेर देखाउने गरेका छन् ।
बेवारिसे बालबालिका , महिला जेष्ट नागरिक , लागूओषध दुव्र्यसनमा परेका , बिविध खालको र्दुव्यवहार र विभेदमा परेका वइक्ति , द्धन्दबाट प्रभाबितहरु मानसिक स्वास्थ्य समस्यको बढि जोखिममा रहेको पाईएको छ ।
नेपालको पछिल्लो राष्ट्रिय जनगणना वि .सं २०६८ अनुसार १६ देखि ४० वर्ष उमेर समुहका व्यक्तिहरु ४० प्रतिशत रहेको छन् । नेपालमा लगभग कति युवाहरु मानसिक स्वास्य समस्याबाट प्रभावित छन् ।
युवा अवस्था त्यसमा पनि १४ देखि २८ वर्ष जीवनको महत्वपूर्ण समय हो जुनबेलाउनिहरु आफनो छुट्ै पहिचान स्थापित गर्ने , भविष्य निमार्णमा जुटेन लागि परिरहेका हुन्छन् ।