काठमाडौं- अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८ र ७९ को बार्षिक आय व्यय विवरण सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षमा स्वास्थमा रु। १ खर्ब २२ अर्ब ७७ करोड रुपैया बजेट विनियोजन गरिएको जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा विनियोजन भएका बजेटका मुख्य क्षेत्र
सरकारी अस्पतालमा आइसीयू, एचडीयू खरिदः ४ अर्व
औषधि खरिदः ५ अर्ब ६० करोड
मुटुरोग (७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक), पार्किन्सन, स्पाइनल कर्ड इन्जुरीः २ अर्ब ५० करोड
कोरोना महामारीभर अक्सिजन प्लान्ट निर्माणमा लाग्ने रकमको ५० प्रतिशत अनुदान र महामारी अवधिभर अक्सिजन उत्पादनमा लाग्ने बिजुली महसुल ५० प्रतिशत छुट ।
सरुवारोग अस्पताल निर्माणः १ अर्ब ५० करोड
कोरोना खोप खरिद तथा व्यवस्थापनका लागिः २६ अर्ब ७५ करोड
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागिः ३७ अर्ब ५३ करोड
काठमाडौं उपत्यकामा ३ सय शैय्याको सरुवारोग अस्पतालसहित सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल बन्ने
आगामी वर्ष ६ लाख २० हजार बालबालिकालाई खोप उपलब्ध गरिने ।
कान्ति बाल अस्पताललाई ः ३४ करोड
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण गर्न ः १ अर्ब २८ करोड
सहिद गंगालाल हृदयरोग अस्पताललाईः ५८ करोड
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागिः ७ अर्ब ५० करोड
स्वास्थ्य स्वयम्सेविकाको भत्ता शतप्रतिशत वृद्धि (१२ हजार पुग्यो)
स्वास्थ्य विमा कार्यक्रमका लागिः ७ अर्व ५० करोड विनियोजन