काठमाडौं- सांस्कृतिक विविधतामा धनी हाम्रो देश नेपालमा धेरै चाडपर्वहरु मनाइन्छ । माघ १ गतेलाई विभिन्न समुदायले आ आफ्नो संस्कृति अनुसार यस दिनलाई एक पर्वको रुपमा मनाउँछन् ।
परम्परागत रुपमा मनाउंदै आइरहेको विभिन्न पर्वहरु मध्ये माघे संक्रान्ति पनि एक हो । यसलाई फरक–फरक समुदायमा भिन्न नामले पुकारिन्छ । मैथिल र थारू समुदायमा यसलाई नयाँ वर्षका रूपमा मनाउने गरिन्छ । नेवारी समुदायमा भने घिउ र चाकु संल्हु नामले माघे संक्रान्ति मनाइन्छ । यो पर्व नेपालभर हरेक समुदायले मनाउँने गर्दछन् ।
धार्मिक विश्वास
भीष्म पितामहलाई इच्छामृत्युको वरदान थियो । युद्ध गर्ने क्रममा अर्जुनका वाणले उनको शरीरमा सर्वत्र छेदन भयो । यसरी भीष्म पितामहको इच्छामृत्यु माघे संक्रान्तिकै दिन भएको महाभारतमा उल्लेख छ । यसर्थ, आजको दिनलाई पवित्र मानी विभिन्न घाट, नदी तथा पवित्र स्थलमा स्नान गर्ने चलन छ । माघी नुहाइसकेपछि सुकेको तिलको बोट बालेर आगो तापेमा पापमोचन हुने विश्वास छ ।
नेपालीले मनाउँने चाडपर्व अनुसार खानपान फरक फरक हुन्छ । तर मौसम अनुकुल हुन्छ । माघे संक्रातीमा घ्यु, तरुल, सरखण्ड, चाकु, तिको लड्डु, खिचडि जस्ता खानेकुरा खाइन्छ ।
माघे संक्रातिमा खाइने यी खानेकुराहरु पौष्टिक तत्वले भरिपुर्ण छ । जसले शरीरलाई उर्जा प्रदान गर्छ । तिलमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ ।
चाकु बिशेषगरी सुत्केरीलाई खुवाइन्छ । सुत्केरी अवस्थामा क्याल्सियम र आइरनको आवश्यक पर्छ । यि दुई तत्व चाकुमा प्रयाप्त मात्रामा पाइन्छ । जसका कारण सुत्केरी आमाको बच्चालाई दुध पनि पुग्छ, यसका भएको पौष्टिक तत्वले शिशुको स्वास्थ्यको लागी पनि फाइदाजनक हुन्छ । यसका साथै शरीरलाई उर्जा प्रदान गर्छ । खानाको लागी स्वादलो पनी हुन्छ ।
तरुल पौष्टिकतत्वले भरिपुर्ण कन्दमुल हो । बढ्दो उमेरसँगै महिलामा महिनावारी हुन बन्द हुन्छ त्यस समय पश्चात प्रजनन् स्वस्थ्य सम्बन्धि समस्या देखिएमा तरुल खानु एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने रेसादारले कब्जियत हुन दिदैँन । यसको पिठो बनाएर पनि खान मिल्छ ।
सरखण्डमा प्रचुर मात्रामा भिटामीन ए पाइन्छ । यसलाई पोलेर उसिनेर खान सकिन्छ । उसिनेर खाँदा पौष्टिक तत्वहरु राम्रोसँग रहन्छ । यसमा भएको चिनिको मात्रा भएपनि मधुमेहका बिरामीले पनि दान मिल्छ तर मात्रामा ध्यान दिन जरुरी छ । साथै आँखा र मुटुको स्वास्थ्यका लागी पनि निकै फाइदा गर्छ ।
खिचडि मासको दाल चामल र घ्यु मिसाएर बनाइन्छ । यो खानाले शरीरलाई एकदमै उर्जा दिन्छ । पर्याप्त मात्रामा प्रोटिन, काबोहाइडेट हुन्छ । यो परिकार खादाँँ शरीरमा राम्रो सँग शोषण हुन्छ । यो सजिलै सँग पच्छ ।
संस्कृती अनुसार खाइने खानेकुराले हाम्रो स्वास्थ्य महत्वपुर्ण भुमिका खेल्छ । यसबारेमा महिलास्वास्थ्यकर्मी भागिरथी पण्डितले जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती सँग गरिएको कुराकानी हेर्नुहोस् ।
(भिडियो हेर्न तलको Link क्लिक गर्नुहोस् । )