हरेक दिन एउटा स्याउ खायो भने डाक्टरकोमा जानु जरुरत पर्दैन अर्थात् हस्पिटल नै जानु पर्दैन । स्याउ एउटा फल मात्र नभएर कयौं रोगहरुलाई दुर राख्ने एक अचुक औषधी पनि हो।
स्याउमा अनेक पोषक तत्व, भिटामिन र खनिज पाइन्छ। स्याउले साना साना बिमारीलाई मात्र नभई खतरनाक रोगहरुलाई समेत निर्मुल पार्छ।
आज हामी स्याउ खानुका फाइदा र यसलाई खाने सहि समयको बारेमा विस्तृत बताउन गइरहेका छौँ।
फाइदाहरु:
१. स्याउले हृदयरोगबाट बचाउँछ ।
२. हड्डीलाई मजबुत राख्न मद्धत गर्छ। स्याउ क्याल्सियमको एक स्रोत हो। यसमा एन्टीअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ। जसले हड्डीलाई बलियो बनाउन मात्र नभई हड्डी टुट्नबाट पनि बचाउंछ।
३. स्याउ खानले दम रोग लाग्दैन र लाग्न दिंदैन।
४. चम्किलो र मजबुत दाँतको लागि स्याउ एक अचुक औषधी हो। यसले पहेंलो दाँतलाई सेतो बनाउन र स्वस्थ राख्न सहयोग पुर्याउँछ।
५. स्याउले लिभरबाट विकार पदार्थहरुलाई बाहिर निकाल्न मद्धत गर्दछ ।
६. अल्जाईमर अर्थात् भुल्ने बिमारीको लागि स्याउ एक लाभदायी फल हो। यसले दिमागलाई स्वस्थ बनाई तेजिलो बनाउँछ ।
७. स्याउले शरीरको नराम्रो कोलेस्टेरोललाई कम गर्न मद्धत गर्छ।
८. क्यान्सर जस्ता खतरनाक रोग बाट बचाउछ।
९. मधुमेह रोगीका लागि स्याउले निकै फाइदा पुर्याउछ।
१०. स्याउले मोटोपन घटाउनुका साथै अनुहारको लागि एक बरदान नै सावित फल हो।
स्याउ खाने सहि समय: बिहानको समयमा स्याउ खाँदा असाध्यै फाइदा मिल्छ। बिहानको खाजा अथवा खाना खानु पहिले वा खाइसकेपछी स्याउ खाँदा शरीरको लागि एकदम फाइदाजनक र गुणकारी सावित हुन्छ। त्यस्तै दिउँसोको समय पनि उत्तम मानिन्छ।
कुन समय नखाने? रातीको समयमा स्याउ सेवन नगर्नुहोस् । राती खाना खानु भन्दा पहिले वा खाना खाइसकेपछी सकेसम्म स्याउ नखानुहोस् किन की पेटमा ग्यास भरेको जस्तो हुने र पेट भारी हुने जस्ता समस्या हुन्छ। त्यसकारण रातीको समय स्याउ खानु उचित मानिंदैन
भनिन्छ नि हरेक दिन एउटा स्याउ खायो भने डाक्टरकोमा जानु जरुरत पर्दैन अर्थात् हस्पिटल नै जानु पर्दैन । स्याउ एउटा फल मात्र नभएर कयौं रोगहरुलाई दुर राख्ने एक अचुक औषधी पनि हो।
स्याउमा अनेक पोषक तत्व, भिटामिन र खनिज पाइन्छ। स्याउले साना साना बिमारीलाई मात्र नभई खतरनाक रोगहरुलाई समेत निर्मुल पार्छ।
आज हामी स्याउ खानुका फाइदा र यसलाई खाने सहि समयको बारेमा विस्तृत बताउन गइरहेका छौँ।