काठमाडौं- मकै संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने र धेरै खपत हुने बालीमा पर्दछ । मकैलाई बहुउपयोगि खाद्यबस्तुका रुपमा लिने गरिन्छ ।
मकै स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ ।
मकै खानाले मानिसको अनुहारमा हुने चाउरीपना र बुढोपना हटाउन मद्दत गर्छ । साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ ।
मकैमा भिटामीन बी, पोटासियम, फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता पनि हुन्छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि हुन्छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ ।
यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै खाने गर्नु पर्छ ।
मकैलाई उसिनिएर, पोलिएर दलिया बनाइर वा छोला बनाएर पनि खान सकिन्छ । आज हामी घरमै मकैको छोला बनाउने सरल तरीका सिकाउनेछौं ।
मकैको छोला बनाउँन चाहिने सामग्रीः
१. मकै– मध्यम आकारको दुईवटा
२. तेल–ठूलो चम्चाको दुई चम्चा
३. गोलभेंडा– मध्यम आकारको दुईवटा
४. प्याज– ठूलो एउटा
५. स्वादानुसार– बेसारर नुनर खुर्सानीको धूलोर धनियाँको पात ।
६. पाँचफरन– सानो चम्चाको आधा चम्चा (पाँचफरन भन्नाले मेथी , जिरा , कलौजि , सौफ , तोरीको मिश्रण)
विधि
सर्वप्रथम मकैलाई दुईवटा टुक्रा पारी त्यसलाई कुकरमा आधा घन्टा उसिन्ने ।
त्यसपछि चिसो भएपछि छोडाएर राख्ने ।
यउटा कराईमा तेल हालेर तताउने अनी पाँचफरन हाल्ने त्यसपछि काटेको प्याज, खुर्सानी एकछिन भुट्ने ।
त्यसपछि गोलभेंडा हालेर भुट्ने , ग्रेभी बनाउन गोलभेंडा भुटेपछि आवश्यकता अनुसार पानी हाल्न सकिन्छ ।
एकछिन भुटेपछि छोडाएको मकै हालेर पाँच मिनेटजति भुट्ने र काटेको धनियाँ हालेर पस्कने ।