काठमाडौं- यो सिजन भनेको अंगुर पाइने सिजन हो । अंगुर विभिन्न रङ्ग र प्रकारमा उपलब्ध हुन्छन् जस्तै रातो, हरियो, कालो, दानारहित अंगुर हुने गर्छन । मुख्य गरेर नेपालमा पाइने भनेको हरियो र कालो अंगुर नै हो । स्वादका लागि अंगुर जति मिठो हुन्छ स्वास्थ्यका लागि पनि यो फाइदाजनक नै मानिन्छ ।
अंगुरमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट्स र स्वास्थ्यलाई फाइदा पुर्याउने थुप्रै पोषकतत्व पाइन्छ । यसको प्रयोगले क्यान्सर, आँखाको समस्या, मुटु रोग र अन्य स्वास्थ्यस्थितीविरुद्ध सुरक्षा पाउन सकिन्छ ।
अंगुरमा रेसवेरट्रोल नामको प्रमुख पोषक तत्व पाइन्छ जसले स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँछ । यो फाइबर, पोटासियमको राम्रो स्रोत हो र मधुमेहबाट पीडित मानिसहरुका लागि उपयुक्त छ ।
यस्ता छन् कालो फाइदा
स्मरणशक्ति बढाउँछ
कालो अंगुरको नियमित सेवनले स्मरण शक्ति बढ्छ । कालो अंगुरले दिमागको कार्यक्षमता बढाउँछ ।
इन्सुलिन बढाउँछ
कालो अंगुरमा रेसवार्टल नामक पदार्थ पाइन्छ जसले इन्सुलिन बढाउने काम गर्छ ।
कोलेस्ट्रोल नियन्त्रण गर्छ
कालो अंगुरमा पाइने साइटोकेमिकल्सले मुटुलाई फाइदा पुर्याउँछ । यसले कोलेस्ट्रोल पनि नियन्त्रण गर्छ ।
कपाल
कपालसँग जोडिएका समस्याहरुबाट हैरान हुनुहुन्छ भने कालो अंगुर खाने गर्नुपर्छ । यसमा भिटामिन ईको मात्रा भरपुर हुने भएकाले यसले कपाललाई निकै फाइला पुर्याउँछ ।
तौल घटाउन
कालो अंगुर खाँदा तौल कम गर्न पनि मद्दत पुग्छ ।
क्यान्सर हुनबाट जोगाउने
कालो अंगुरले क्यान्सहुन बाट जोगाउन सक्ने अनुमान गरिएको छ तर यसमा थप अध्ययन भने नभइसकेको उल्लेख गरिएको छ । अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारो, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।
त्यस्तै अल्जाइमरका बिरामीहरूको लागि पनि कालो अंगुर फाइदाजनक मानिन्छ । यसमा रहेको रेसवेराट्रोल नामक तत्त्व अल्जाइमरबाट लड्नको लागि धेरै नै प्रभावकारी हुन्छ ।