काठमाडौं - चना हामी सबैको भान्सामा पाइने खाद्यवस्तु हो । स्वास्थ्यको हिसाबले पनि चना फाइदाजनक रहेको बिशेषज्ञहरु बताउँछन् ।
चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यसको सेवनले पाचन प्रक्रियालाई बलियो बनाउने गर्छ । चनालाई रातभर भिजाएर अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या कम हुँदै जाने बिशेषज्ञहरु बताउँछन् । चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् ।
यसमा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो । एकदेखि दुई मुठी चना हरेक दिन खाने गरेमा रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन ।
चनाको पिठोको रोटी खानाले पेट सफा रहन्छ । रक्तअल्पता भएको छ भने हरेक दिन महसँग चना खाने गर्नुपर्छ । चनामा आइरन र फोस्फोरस प्रशस्त मात्रामा हुन्छ । यसले रक्तअल्पता कम गर्नुको साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ । पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ । सक्खरसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ ।
चनालाई विभिन्न परिकार बनाएर खान सकिन्छ । धेरैजसो चनाको प्रयोग तरकारी र चटपटे बनाउमा गरिरहेका हुन्छौं । चनाको चटपटे प्राय सबैलाई मनपर्ने परिकार हो । स्वादिष्ट र स्वस्थ्यकर चना चटपटे घरमा नै यसरी बनाएर खान सकिन्छ ।
सुरुमा चना भिजाएर राख्नुपर्छ । चना भिजाएको २ ३ दिनमा उम्रिएपछि ठुलो भाडा लिनुपर्छ ।
त्यो भाडामा मसिनो गरि काटेको गोलभेडा, खुसार्नि, धनियाँ र प्याज हाल्नुपर्छ ।
अब कागती तोरीको तेल, चाट मसला र बिरेनुन हाल्नु पर्छ ।
त्यसपछि सबैलाई मोल्नुहोस् ।
यसरी बनाएको चना चटपटे एकदमै स्वादिष्ट्र र स्वस्थकर बन्छ ।
चना चटपटे खानुका फाइदा
फाइबर, एन्टिअक्सिडेन्ट र प्रोटिनले भरिपुर्ण
रोग प्रतिरोधात्मक क्षमता बढाउने
आइरन क्यालसियम युक्त अडिलो खाजा
सोचाइको फेसबुक पेजबाट साभार