- डा. हेमराज कोइराला
भ्रम नं. १ कोभीड–१९ भ्याक्सीनले DNAलाई ड्यामेज गर्दछ ।
वास्तविकता नं. १ चारै किसिमका कोभीड–१९ भ्याक्सीनहरु mRNA, Viral Vector, Inactivated Virus, Protein Antigen भ्याक्सीन कुनैले पनि DNA ड्यामेज गर्दैन ।
भ्रम नं. २ यो भ्याक्सीन हतारमा बनाइएको हुदा सुरक्षित छैन ।
वास्तविकता नं.२ यो भ्याक्सीन कम समयमा तयार गरिएको भएता पनि यसले सुरक्षाका सबै मापदण्डहरू पार गरेको छ ।
भ्रम नं. ३ फूड एलर्जी भएका, कमजोर एवं प्रतिघाति प्रतिरक्षा प्रणाली भएका, बच्चालाई दुध चुसाउने आमा र गर्भवतिहरुले भ्याक्सीन लगाउन हुदैन्।
वास्तविकता नं.३ गर्भवतीहरुमा आधिकारीक निर्णय भईसकेको छैन । बाँकी अरुले यो भ्याक्सीन लगाउन सक्छन् ।
भ्रम नं.४ कोभीड–१९ भ्याक्सीन लगाए पछि कोभीड–१९ को संक्रमण हुन सक्दछ ।
वास्तविकता नं.४ कोभीड–१९ का चारै किसिमका भ्याक्सीनहरु लाई मानव उपयोगी बनाईएकाले कोभीड–१९ हुन सक्दैन ।
भ्रम नं. ५ कोभीड–१९ बाट संक्रमितहरुले भ्याक्सीन लगाउनु पर्दैैन ।
वास्तविकता नं.५ प्राकृतिक प्रतिरक्षा प्रणाली कहिले सम्म टिक्दछ भनेर भन्न सकिन्न यसर्थ कोभीड संक्रमितहरुले पनि भ्याक्सीन लगाएर सुरक्षित होऔं ।
भ्रम नं. ६ कोभीड–१९ भ्याक्सीन लगाएपछि माक्स लगाउने र सामाजिक दुरी कायम गर्ने गर्नु पर्दैन ।
वास्तविकता नं.६ भ्याक्सीन लगाएपनि महामारी नियन्त्रण गर्नका लागि माक्स लगाउने र सामाजिक दुरी कायम गर्ने गर्नु पर्दछ ।