- पोषणबिद् उमा कोइराला
काठमाडौं - शरीरमा भएको क्याल्सियम, भिटामिन डि र प्रोटिन मिलेर दाँत बन्छ । हाम्रो शरीरको हरेक अंगको आफ्नै महत्व र आवश्यकता रहेको छ । दाँतले हामीले सेवन गरेको खानेकुरालाई टुक्राएर पाचन प्रणालीमा पठाउने गर्दछ ।
दाँत स्वस्थ्य राख्नका लागी शिशु अवस्थादेखि नै सफा गर्नुपर्छ । आमाको दुधमा चिनिको कण हुने गर्दछ । शिशुको दाँत हुदैन भनेर अभिभावकले बेवास्ता गर्ने गरेको पाइन्छ । तर शिशुलाई हरेक पटक दुध खुवाएपछि नरम कपडा भिजाएर गिजा पुछिदिनुपर्छ । यसो गर्दा इन्फेक्सन हुदैंन र गिजा पनि बलियो भएर जान्छ ।
हरेक शिशु एक बर्ष पुग्न लागेपछि चिकित्सकलाई देखाउनुपर्छ । कसैको दाँत उम्रने समयमा समस्या आउँन सक्छ । यदि दाँत उम्रदा केहि समस्या नभएपनि चिकित्सकको सल्लाह लिनुपर्छ ।
कतीपय मानिसहरुको सास गन्हाउने समस्या हुन्छ । लामो समयसम्म अक्सिजन मुख भित्र नपस्नाले, पेटको गढबढि, जिब्रोमा बसेको खाद्यपदार्थ सरसफाई नगर्नाले वा अन्य रोगका कारण सास गन्हाउन सक्छ । त्यसैले हरेक पटक खाना खाएपछि ब्रस गर्नका साथै जिब्रो पनि सफा गर्नुपर्छ । ल्वाङ खाएमा पनि सास गन्हाउने समस्याबाट राहत पाउन सकिन्छ । नुन पानिले कुल्ला गरेमा पनि सास गन्हाउने समस्या कम हुन्छ ।
मानिसहरुले जथाभाबि खानेकुरा खाँदा र दाँत सरसफाईमा नदिएमा दाँतमा किरा लाग्ने, कालो खैरो दागहरु देखापर्ने गर्दछ । साथै दाँतमा भएको सुक्ष्म प्वाललाई बेवास्ता गर्दा ति प्वालमा भोजनका कणहरु जम्मा भई अनेक समस्या निम्त्याउँन सक्छ ।
दाँँतलाई धेरै अभ्यास गराउनुपर्छ जसका कारण दाँत मजबुत हुन्छ । बालबालिकाहरुलाई धेरैजसो नरम खानेकुरा दिने गरिन्छ । तर यो मानसिकता गलत हो । बालबालिकालाई जति साह्रो खानेकुरा दियो त्यति नै दाँत बलियो हुने गर्दछ । जति दाँँत बलियो हुन्छ शरीर पनि उत्तिकै बलियो हुन्छ ।
दाँत स्वस्थ्य राख्ने उपायहरु
दाँत मजबुत बनाउनका लागी पोष्टिक आहारको सेवन गर्नुपर्छ ।
चिनियुक्त खानेकुरा खानुहुदैँन ।
शिशुलाई दुध खुवाएपछि अनिवार्य रुपमा गिजा पुछिदिनुपर्छ ।
बिहान बेलुका अनिवार्य रुपमा ब्रस गनुपर्छ ।
बालबालिकाको दाँत आएपछि अभिभावकले सचेतनाका साथ बिहान बेलुका ब्रस गराउनु पर्छ ।