काठमाडौं - लोकल कुखुराको अण्डामा भिटामिन ए, भिटामिन ई, भिटामिन डि र ओमेगा थ्रि फ्याटि एसिड बोइलर अण्डामा भन्दा बढि हुन्छ । जुन बालबालिकाको दृष्ट्रि, वृद्धि विकास र रोग प्रतिरोधी प्रणालीको लागी राम्रो हुने बिज्ञहरु बताउँछन् ।
यि दुवै प्रकारको अण्डा प्रोटिन र काब्रोहाइडेट बराबर मात्रामा पाइन्छ । लोकल अण्डामा कोलेस्ट्रोल बोसो कम हुन्छ । जुन बालबालिकाको मुटुको लागी लाभदायक मानिन्छ ।
बटाईको अण्डामा रिबोफ्लेविन, सेलेनियम, कोलनी आदि खनिज बढि हुन्छ । तर सानो आकारले गर्दा प्रोटिन, काब्रोहाइडेट प्रति गोटा कम हुन्छ । ५ वटा बटाईको अण्डा र एक वटा कुखुराको अण्डा आकारमा बराबर हुन्छ ।
प्रति सय ग्राम अण्डामा हिसाब गर्दा बटाइको अण्डामा कुखुराको अण्डामा भन्दा प्रोटिन, फ्याट, भिटामिन बि २, आइरन, भिटामिन बि १२ बढि हुन्छ । तर बटाईको अण्डाको औसत तौल १० ग्राम हुन्छ भने कुखुराको अण्डाको औसत तौल ५० ग्राम हुन्छ ।
बटाइको अण्डा महंगो हुन्छ साथै सहज रुपमा बजारमा पाउन सकिदैँन । कुखुराको अण्डा र बटाइको अण्डा राम्रो भएपनि बटाईको अण्डालाई कुखुराको अण्डा भन्दा उत्कृष्ट मानिन्छ । उपलब्धता र आफ्नो परिवारको आर्थिक अवस्था हेरेर दुइ मध्ये जुन खुवाउँदा पनि राम्रो हुन्छ ।