काठमाडौं - पोषणयुक्त खाद्य पदार्थहरुमध्ये अण्डा पनि एक हो। एउटा उसिनेको अण्डामा हामीलाई दैनिक चाहिने भिटामीन ए को ६ प्रतिशत, फोलेएटको ५ प्रतिशत, भिटामीन बी ५ को ७ प्रतिशत, भिटामीन बी १२ को ९ प्रतिशत, फस्फोरसको ९ प्रतिशत र सेलेनियमको २२ प्रतिशत पाइन्छ।
त्यसबाहेक, अण्डामा भिटामीन डी, भिटामीन ई, भिटामीन के, भिटामीन बी ६, क्याल्सियम र जिंक पनि पाइन्छ। एउटा सिंगो अण्डा खाँदा हामीले ७७ क्यालोरी, ६ ग्राम प्रोटिन र ५ ग्राम स्वस्थकर चिल्लो पनि प्राप्त गर्न सकिन्छ । ६ महिना पुगेका बालबालिकालाई अण्डा खुवाउन सुरु गर्न सकिन्छ । अण्डा उसिनेर खुवाउँदा सेतो र पहेलो दुवै भाग खुवाउन सकिन्छ ।
एक हप्तामा १ देखि ३ वटासम्म खुवाउन मिल्छ । बालबालिकालाई अण्डा खुवाउन सुरु गर्दा एउटा अण्डालाई चार भाग लगाएर एक भाग मात्र खुवाउनुपर्छ । एक बर्ष पुग्दासम्म एउटा अण्डाको दुई भाग खुवाउनुपर्छ । त्यसपछि विस्तार एक ओटा अण्डा खुवाउन सकिन्छ ।
बोइल्ड अण्डासँग आमाको, बट्टाको वा गाईको दुध, सागसब्जी, फलफुल साथै ठोस खानेकुरा खुवाउन सकिन्छ ।