काठमाडौं - मोटोपना आम मानिसको एक साझा समस्या बनिसकेको छ । अस्वस्थ्यकर खानपान र बिलासी जिवनशैलिका कारण बालबालिका देखि बृद्धबृद्धाहरुमा पनि यो समस्या देखिने गरेको पाइन्छ ।
कतिपय अभिभाबकहरु सानो उमेरका आफ्ना बालबालिकाको अत्याधिक तौल बढेका कारण चिन्तित हुन्छन् । आफ्नो बालबालिकालाई कसरी फिट र तन्दुरुस्त राख्ने भनेर उनिहरुले विभिन्न उपायहरु अपनाउने गर्छन् । तर पनि तौल घटाउनका लागी असफल भइरहेका धेरै अभिभाबकहरु छन् । सजिलै बालबालिकाको तौल घटाउन विज्ञको सुझाव यस्तो छ ।
खाने कुरालाई पुरस्कार वा उपहारको रुपमा प्रयोग नगर्ने
बाहिर कम खाने, खाना खादाँ परिवारको साथ खाने
बालबालिकालाई दैनिक १ घण्टा शारीरिक व्यायम गराउने
बेलुका सुत्नु अघि कम खुवाउने, दिउँसो समय समयमा थोरै थोरै खुवाउने
खाना खाने समयमा टि भि हेर्न नदिने
पर्याप्त मात्रामा सुत्न दिने
पानि फलफुल सब्जि प्रशस्त मात्रामा खान लगाउने
केक, आइसक्रिम, चकलेट, कृत्रिम पेयपदार्थ, फाास्ट फुड र चिल्लो पदार्थ नखुवाउने