-सन्तोप लम्साल
सरकार,
खै कहाँ वाट सुरु गरौ, यी मनका व्यथाहरु,जति लेखेपनि नटुगिने यि व्याथाहरुका पोकाहरु कसरी फुकाउ होला खै! कसलाई पोखु यि मनका भावनाहरु,अब सुने नसुने पनि अन्तिम पल्ट तिमी लाई नै गुहार गरे है सरकार, वस अन्तिम पल्ट! यो पटक त सुनिवक्सियोस सरकार!
तिमी लाई त त्यहाँ गज्वले नै सञ्चै होला नी हाई ! सधै एउटै कुर्ची मा वसीरहनु पर्न कस्तो अच्चमको रोग लाग्यो तिमीलाई कहिल्यै निको नै नहुने,´´ हु त जुन जोगी आए पनि कानै चिरेको``सवै को उही त होलानी हालत तैपनि केही आसा नयाँ मा! सधै एउटै कुर्ची मा वसिरहनु, तर जनताको काम चाही पट्कै गर्न मन नलाग्ने कस्तो वानी हो सरकार!चिनी पनि धेरै खायो भने तितो हुन्छ नि, तिमीलाई चाही कहिल्यै तितो नलाग्ने है! वा मेरो देशको प्यारो सरकार!
Covid 19 को यस्तो डरलाग्दो अवस्था चलिरहेको छ,तिमी भने कुर्ची बचाउन तिर लाग,जनता भोग र प्यासले मरिरहेका छन् तिमी चुनाव गर्न तिर लाग! यहाँ दिन रात भोग प्यास नभनि स्वास्थ्यकर्मीहरु विरामी को सेवामा खटिरहदा मर्न गरी कुटाई खानु पर्न अवस्था छ !खै कहाँ छ सुरक्षा निकाय! जिवन वचाउने लाई नै यहाँ यमराज सम्झन छन् यहाँ, विरामी राम्रो भयो भने स्वास्थ्यकर्मी,डाक्टर लाई भगवान मानिन्छ तर कथमकदापि विरामी केही तलमाथी भयो भने अनिहरु भछेक मान्ने,अरे कता जादै छ हाम्रो समाज!मन लागे जे गरे पनि पाउने कस्तो हो तिमीहरुको नियती!
यहाँ अस्पतालमा विरामीलाई CPR दियो भने घाटी थिचेर मार्यो भनिन्छ,Intubation गर्यो भने विरामी लाई मुखमा Tube कोचेर मार्यो भनिन्छ,NG Insertion गर्यो भने विरामी लाई पाइप घोचेर मार्यो भनिन्छ, CVP line खोल्यो भने विरामी लाई घाटी काटेर मार्यो भनिन्छ!अरे कहाँ जादै छ हाम्रो समाज वुदिृ कहिले आउने भन्या धिक्कार छ स्वास्थ्यकर्मी को पेसा प्रती जसको कुनै सम्मान छैन!
धेरै देसहरुमा भगवानको दोस्रो रुप मानिने हामी किन मेरो देसमा मात्र हाम्रो पेसालाई अपमान यति सारो किन सरकार? यसमा गल्ती हाम्रो कि तिमी सरकारको ? सरकारले गर्न चाही केहो मैले अहिले सम्म वुझ्न नसकेको कुरा! सधै कति दमन,डर,धम्की मा वस्न सक्छन यि पेसाकर्मी हरु एक दिन त अवस्य उठ्नेछन् यिनीहरुको हातहरु!अनि त्यसपछि तिमी के गर्न छौ सरकार! त्यसैले समय मा नै विउझिएमा राम्रो हुने थियो कि?
सरकार तिमी लाई भन्ने कुराहरु त अझ धेरै थियो,वस् धेरै यि पोकाहरु खुलाउन चाहिन,तिम्रो केही इज्जत भने राखिदिए!अवको दिनमा भने केही सत्वुदृी तिमी लाई पशुपतीनाथ ले प्रदान गर्न सकुन् आशा छ मलाई, यो पत्र नै अन्तिम पल्ट होस्! सु-साशन,सु-व्यवस्था,सु-राजनिती गर्न चेष्टा गरियोस, उही तिम्रो एक अभागी स्वास्थ्यकर्मी!
हस्त धन्यवाद!!
मेडिकल मेडिकल असिस्टेंट सन्तोप लम्साल हेम्स अस्पातलमा कार्यरत छन् । )