काठमाडौं- मौसम अनुसार विभिन्न प्रकारका फलफुलहरु पाइने गर्छन । यस्ता फलफुलको आ आफ्नै विषेशताहरु रहेका छन् । अहिलेको समयमा अम्बा पाइन्छ । अम्बा एकदमै स्वादिलो फल मध्ये एक हो ।
अम्बा विभिन्न प्रकारका हुन्छन् । रातो रंगको अम्बा सेतो भन्दा बढी लाभदायक मानिन्छ । तर धेरैजसो व्यक्तिहरुले सेतो अम्बा मन पराउने गरेको पाइन्छ । यस फलको वजन सामान्यतया ३० देखि ४५० ग्राम सम्म हुन्छ।
अम्बा स्याउ भन्दा बढी पौष्टिक तत्व भएको फल हो । अम्बा नियमित खानाले टाइफाइड हटाउँ ज्वोरो बाट सजिलै छुटकारा पाउन सकिन्छ । आयुर्वेदमा यसलाई चिसो, तीखो, कसैलाई, अम्लीय र शुक्राणु ९वीर्य बृद्धि० गराउने फलको रुपमा वर्णन गरिएको छ।
अम्बामा भिटामिन सी र चिनी प्रशस्त मात्रामा पाइन्छ । अम्बाको खादाँ बोक्रा सहित खादा पेट सफा हुने बिशेषज्ञहरु बताउँछन् ।
अम्बा खादा खादा स्वास्थ्यमा पुग्ने फाइदा यस्ता छन्ः
कब्जियतको समस्या भएका व्यक्तिले बिहान खाली पेटमा पाकेको अम्बा खानाले कब्जियतको समस्या कम हुन्छ ।
कुनै व्यक्तिको आँखा सुन्निएमा वा आंँखाको तल कालो दाग देखिएमा अम्बाको पात पिँधेर लगाउनाले आँंखाको कालोपना कम हुन्छ ।
झाडापखाला लागेको व्यक्तिले अम्बाको पातको रस निकालेर त्यसको केही थोपा एक कप मन तातो पानीमा मिलाएर खानाले झाडापखाला निको हुन्छ ।
बालबालिकाको पेटमा किराहरु पर्ने समस्या भएमा अम्बाको सेवनले फाइदा पुर्याउँछ ।
अम्बालाई बिरे नूनसंग खाँदा पाचन सम्बन्धि समस्या हट्छ । अम्बालाई पाचन क्रियाको लागि उपयुक्त फल मानिन्छ ।
महीनावारी हुदाँ पेट दुख्ने समस्या भएकाहरुका लागि पनि अम्बा फाइदाजनक छ । यस्तो समस्या भएका महिलाहरुले दिनहुँ ६ मिलीग्राम अम्बाको रस सेवन गर्नाले पीडा कम हुन्छ । यसबाहेक अम्बाको पातको रस पिउनाले पनि महिनावारीमा हुने अन्य समस्याहरुबाट पनि राहत प्राप्त हुन्छ ।
एक अध्ययनका अनुसार डिप्रेसनको समयमा अम्बाको सेवन उपयोगी हुन्छ । अम्बामा पर्याप्त मात्रामा म्याग्नेसियम हुन्छ, जसले तनाव र चिन्ता कम गर्न महत्वपूर्ण भूमिका निभाउँछ ।
बान्ता हुने समस्यामा पनि अम्बाको पात फाइदाजनक हुन्छ ।
एउटा अध्ययनका अनुसार अम्बाको पातको चिया बनाएर नियमित तीन महिनासम्म पिउनाले शरीरमा समावेश भएको कोलेस्ट्रोल कम हुन्छ साथै ट्राइग्लिसराइड पनि कम हुन्छ ।
पित्तको समस्या भएका व्यक्तिले अम्बाको खादाँ लाभदायक हुन्छ ।
मुखमा छाला निस्केको छ भने अम्बाको पात चपाउनाले आराम प्राप्त हुन्छ ।
दिनहुँ अम्बा खानाले रुघा खोकी जस्ता मौसमी रोगहरु समेत कम हुन्छन् ।
नियमित अम्बाको गर्ने व्यक्तिको ब्लड प्रेसर सन्तुलनमा रहन्छ । अनुहारमा चाउरीपना आउन र अनुहार सम्बन्धि अन्य समस्याहरुबाट पनि बचाउँछ ।
प्राकृतिक सुन्दरता पाउनको लागि पनि अम्बाको सेवन उपयुक्त हुन्छ । नियमित अम्बाको सेवन गर्ने व्यक्तिको छाला सुन्दर, चम्किलो र आकर्षक हुन्छ ।
एक लीटर पानीमा १० १५ वटा अम्बाको पात हालेर १५ मिनेटसम्म उमाल्नुहोस् । चिसो भएपछि त्यसलाई छानेर कपालको जरामा लगाउनाले कपाल र्झन रोकिन्छ । यसबाहेक यसको नियमित प्रयोगले कपाल सुन्दर, बलियो र चम्किलो हुन्छ ।
सास गन्हाउने समस्या भएमा अम्बाको कमलो पात चपाउनाले सास गन्हाउन कम हुनुका साथै दाँतको दुखाइमा पनि राहत प्रदान गर्छ ।