काठमाडौं - लसुनमा औषधीय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रूपमा प्रयोग समेत गर्ने गरिन गरिन्छ ।
आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधि र जोर्नीको दुखाई कम गर्ने औषधिको रूपमा पनि लिइन्छ । लसुन सेवन गर्दा शरीरमा भिटामिन ए, बी, सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू प्राप्त गनृ सकिन्छ ।
कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरूका लागि लसुन संजिवनी बुटी समान मानिन्छ ।
दिनहुँ लसुनको सेवनले रगतमा कोलेस्टेरोलको मात्रा १२ प्रतिशत कम हुन्छ ।
लसुनले नशा भित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडितहरूका लागि फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।
दमका रोगीका लागि पनि लसुन औषधि हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केश्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ ।
क्षयरोगीका लागि पनि लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ ।
मसला बनाउने बिधि
५०० ग्रामको लागी
४ ठुलो चम्चा जिरा
४ ठुलो चम्चा सौँफ
२ ठुलो चम्चा ज्वानो
२ ठुलो चम्चा मेथी
१ ठुलो चम्चा कलौची
२ ठुलो चम्चा काश्मीरी खुर्सानी
२ ठुलो चम्चा धुलो खुर्सानी
१ ठुलो चम्चा कालो नुन
१ ठुलो चम्चा हल्दी
१ ठुलो चम्चा हिङ
४ ठुलो चम्चा भेनेगर
४ ठुलो चम्चा तेल
२ ठुलो चम्चा तोरी
बनाउने बिधि
सबै साबुद मसलालाई हल्का भुट्ने र खस्रो गरी पिस्ने
अचार बनाउने तरीका
लसुनको बाहिरको खोलहर निकाल्ने, सफा पानीमा पखाल्ने , साना साना टुक्रा पार्ने
१ देखी २ घन्टा सम्म नुन मा मोलेर घाममा सुकाउने
सफा भाडामा राखेर तयार पारेको मसलालाई लसुनमा राखेर मोल्ने
तेललाई तताएर मात्रा अनुसार चिसो बनाएर अचारमा राख्ने
तयार गरेको अचार सफा सीसीमा भरेर राख्ने
केहि दिनपटि स्वस्थ्य र स्वादिष्ट अचार तयार हुन्छ ।