काठमाडौं- रक्तप्रवाहमा समस्या भएर वा रगतमा अक्सिजनको कमी भएर अंगहरुमा (Organs /Tissue) अक्सिजनको आपूर्तिमा कमी हुन्छ । त्यस्तो अवस्थामा बिरामीलाई स्वाँस्वाँ हुने गर्छ ।
कुनै पनि व्यक्तिको फोक्सोमा समस्या भए पनि स्वाँ स्वाँ हुने सम्भावना बढी हुन्छ । शुरुमा स्वाँ स्वाँ हुने समस्या काम गर्ने समयमा वा हिड्ने बेलामा मात्रै हुन्छ । बिस्तारै यो समस्या बढ्दै गएर अलिकिति हिंड्दा वा १ तल्ला भ¥याङ् चढ्दा पनि स्वाँ स्वाँ हुन थाल्छ ।
यदि कुनै पनि व्यक्तिलाई बसिरहेको बेलामा पनि स्वाँ स्वाँ हुन्छ भने त्यसलाई राम्रो मानिदैन । साथै सुत्दा स्वाँ स्वाँ हुने र बस्दा ठीक हुने लक्षण मुटुरोग वा फोक्सो रोगसंग सम्बन्धित रोग भएको हुन सक्ने अनुमान लगाउँन सकिन्छ । यसलाई अर्दोप्नीया (Orthopnoea) भनिन्छ । यस्तो लक्षण जुन व्यक्तिलाई देखिन्छ छिटो भन्दा छिटो चिकित्सककलाई देखाउनु पर्छ ।
स्वाँ स्वाँ हुने प्रमुख कारणहरु
मुटुसंग सम्बन्धित रोगहरु
फोक्सोसंग सम्बन्धित रोगहरु
मोटोपना
उच्चरक्तचाप
रगतको कमी (Anemia)
गर्भवती महिला
धेरै दिनदेखि निष्कृय भएर हिंड्डुल नगरेमा
स्वाँस्वाँ भएमा को संग परिक्षण गराउँने
सुरुमा स्वाँ स्वाँ हुनुको कारण पत्ता लगाउनु पर्छ । यसका लागि मुटु र फोक्सो सम्बन्धी जाँचहरु गर्नुपर्ने हुन्छ । यदि जाँच गर्दा पनि कुनै रोग पत्ता नलागेमा मोटोपनाको कारणले यो समस्या उत्पन्न भएको हुन सक्छ ।
यसको लागि छातीको एक्सरे, इ सि जी इको गर्नुपर्ने हुन्छ । स्वाँ स्वाँ हुने बिरामीले जेनेरल फिजिसियन वा सीधै मुटुरोग विशेषज्ञसंग जचाउँन मिल्छ । फोक्सो रोग साबित भइसकेका बिरामीलाई अप्ठ्यारो भएको बेलामा जेनेरल फिजिसियन वा फोक्सो रोग विशेषज्ञलाई जचाउँन मिल्छ ।
( मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको अवफसियल फेसबुक पेजबाट साभार )