काठमाडौं - डिपो (तीन महिने) सुई परिवार नियोजनको एक प्रभावकारी अस्थायी साधन हो । यो सुई महिलाले गर्भवती हुनबाट बच्न हरेक ३/३ महिनामा लगाउनु पर्छ । एक पटक लगाए ३ महिनासम्म गर्भ रहन दिदैन । नियमित रुपमा डिपो सुई लगाएमा यो ज्यादै नै प्रभावकारी हुन्छ । डिपो सुई स्तनपान गराउने महिलाले बच्चा जन्मेको ६ हप्तापछि नै प्रयोग गर्न सक्छिन् ।
डिपो सुईले कसरी गर्भ रहन दिंदैन ?
यो सुई लगाईसकेको २४ घण्टापछि नै यसले काम गर्न थाल्छ । डिपो सुईले निम्न परिवर्तन ल्याएर गर्भवती हुनबाट बचाउँछ ।
डिम्बाशयबाट डिम्ब निष्काशन हुन दिंदैन ।
पाठेघरको मुखबाट निस्किरहने तरल पदार्थलाई बाक्लो बनाई शुक्रकीटलाई पाठेघरभित्र जानमा अवरोध पु¥याउँछ ।
पाठेघरको भित्रीपत्रलाई पातलो गर्दछ र गर्भ रहन दिंदैन ।
डिपो सुई कहिले लगाउने ?
महिनावारी भएको ७ दिन भित्र,
गर्भपतनको तुरुन्तै वा ७ दिनभित्र,
बच्चा पाएको ६ हप्ता पछि ९यदि महिलाले आप्mनो बच्चालाई पूर्ण रुपमा स्तनपान गराइरहेकी छिन् र सुत्केरी भएपछि पनि महिनावारी भएको छैन भने सुत्केरी भएको ६ महिनासम्म जनुसुकै समयमा पनि लगाउन सकिन्छ ।
यदि महिला गर्भवती नभएको निश्चित भएमा जुनसुकै समयमा
अरु कुनै प्रभावकारी परिवार नियोजन साधन लगातार तथा सही तरिकाले प्रयोग गरिरहेको भए जुनसुकै समयमा
डिपो सुई लगाएपछि देखिन सक्ने असरहरु
महिनावारी गडबड हुने, जस्तैः शुरुशुरुमा महिनावारी नियमित नहुने र महिनावारी नै नहुने, महिनावारी बाहेक अन्य समयमा पनि रगतका थोपा देखा पर्न सक्ने,
शरीरको तौल बढ्न सक्ने,
टाउको दुख्न सक्ने
वाक वाक लाग्न सक्ने
सुई लगाउन बन्द गरेपछि सामान्यतः प्रजनन् क्षमता पुनः फर्किन केही समय (औसतमा १० महिना) लाग्छ । यी माथिका सम्भावित असरहरू सबै महिलालाई हुदैन । साथै सबै असर एकै जनालाई पनि हुदैन । यदि माथिका असरहरू आफै हराएनन् वा झन् गाह्रो अनुभव भयो भने प्रयोगकर्ताले तुरुन्तैे स्वास्थ्य कार्यकर्तासग सल्लाह र सहयोग लिनुपर्छ ।
डिपो सुईको प्रयोगले एचआईभी र यौन रोग सर्नबाट बचाउदैन । त्यसैले एचआईभी र यौन रोग सर्नबाट बच्न कण्डमको पनि प्रयोग गर्नुपर्छ ।
कस्तो महिलाले डिपो सुई लिन सक्छन् ?
केही समय अन्तरालमा बच्चा जन्माउने रहर भएमा,
बच्चा पाइसकेको ६ हप्ता भएमा
स्तनपान गराइरहेको अवस्थामा
कस्तो महिलाले डिपो सुई लगाउनु हुदैन ?
गर्भवती भएमा,
स्तनमा गाठागुठी वा गिर्खा देखिएमा,
स्तनमा क्यान्सरको भएको शंका लागेमा,
कमलपित्त (जन्डिस) भएमा,
उच्च रक्तचाप भएमा,
आधा टाउको दुख्ने समस्या (माइग्रेन) भएमा,
मधुमेह (चिनी) रोग भएमा
महिनावारीको बीचमा रगत जाने समस्या भएमा
डिपो सुईका फाइदा
एकपटक लगाएपछि तीन महिनासम्म गर्भवती नहुने,
यौन सम्पर्कमा कुनै अवरोध नहुने र यौनेच्छामा कुनै फरक वा कमी नहुने
गर्भपतन पछि पनि तुरुन्तै लगाउन सकिने
डिपो सुई सम्बन्धी वास्तविकताहरु
डिपो सुई लगाउनाले पाठेघरमा रगत जम्मा हुदैन,
स्तनपान गराउने महिलाको दूधको मात्रा घटाउदैन,
सुईको प्रयोगले आमाको दूध अथवा दूध खाने बच्चालाई खराव असर गर्दैन,
बच्चा जन्माइसकेकी अथवा नजन्माएकी जुनसुकै उमेरकी महिलाले सुइको प्रयोग गर्न सक्छिन्
डिपो सुईको प्रयोगले क्यान्सर हुदैन ।
डिपो सुई कहाँ लगाईन्छ ?
अस्पताल,
संस्थागत परिवार नियोजन क्लिनिक,
प्राथमिक स्वास्थ्य केन्द्र,
स्वास्थ्य÷उपस्वास्थ्य चौकी,
गाउँघर क्लिनिक,
निजी तथा गैर सरकारी संस्थाका परिवार नियोजन क्लिनिक