काठमाडौं - बालबालिका २ बर्ष पुरा भएपछि पोटी प्रशिक्षणको लागी तयार हुन्छन् । हिड्न, दैडिन, सामान्य निर्देशन पछ्याउन सक्ने, कट्टु तल माथि गर्न सक्ने, अरु शौचालय जादाँ उत्सुकता देखाउने, चिसो डाइपर मन नपराउने, डाइपरमा दिसा, पिसाब आउँदा जनाउ दिन सक्ने, कम्तीमा २ घण्टा डाइपर सुख्खा भएमा अभिभाबकले अब आफ्नो बालबालिका पोटी प्रशिक्षणको लागी तयार छ भन्ने बुझ्नुपर्छ ।
पोटी प्रशिक्षणको लागी कसरी तयार गर्ने ?
दिसा र पिसाबको लागी उचित शब्दको प्रयोग गर्न सिकाउनुपर्छ ।
राती वा सुतेको समय बाहेक अन्य समयमा डाइपरको सट्टा सानो भित्रि कट्टु लगाइदिने गर्नुपर्छ ।
भिजेको डाइपर पोटीमा बालबालिकाको अगाडि राखिदिनुपर्छ ।
आफु र अन्य व्यक्ति शोचालय जादाँ किन गएको स्पष्ट सम्झाउनुपर्छ ।
डाइटरी फाइबर र प्रशस्त पानि दिएर कब्जियत हुन दिनु हुदैन ।
पोटी प्रशिक्षण कसरी गराउने ?
पारिवारीक वातावरण शान्त भएको बेला पोटी प्रशिक्षण सुरु गर्ने
पोटिलाई बाथरुममा राखिदिने
२ देखि ३ घण्टाको अन्तरालमा पोटिमा बस्न प्रेरित गर्ने (बिशेष गरी बिहान सबेरै, खाना खानु र सुत्नु अघि र पछि)
पोटिमा बसाउदा खेलौना वा तस्विर पुस्तक साथमा राखिदिने
थाहा नपाई दिसा पिसाब कपडामा नै गरे नरिसाइदिने
पोटिमा दिसा पिसाब गरे प्रशंसा गरिदिने
शौच गरिसकेपछि गुप्तांग आफैले सफा गरिदिने, अगाडिबाट पछाडितिर धुन सिकाउनुका साथै साबुन पानिले हात धुन पनि सिकाउनुपर्छ ।