काठमाडौं - जाडोमा घाममा बसेर सुन्तला र बदाम खाने नेपाली समाजमा प्रचलन जस्तै भएको छ । सुन्तला जुनसुकै उमेर समुहका व्यक्तिहरुले पनि मन पराउँछन् । सुन्तला स्वादका लागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि लाभदायक छ । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो ।
बालबालिकालाई दैनिक रुपमा फलफुल खुवाउनु स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । तर कुन उमेर समुहका बालबालिकालाई कस्तो फलफुल खुवाउने र कति मात्रामा खुवाउने भन्नेमा अभिभाबकले बिशेष ध्यान दिनुपर्ने हुन्छ । बालबालिकालाई कहिलेबाट सुन्तला खुवाउनेबारे विज्ञको सुझाव यस्तो छ ।
सुन्तलामा भएको अम्लिय पदार्थ १ बर्ष भन्दा कम उमेरको शिशुको पेटले पचाउँन सक्दैन ।
एक बर्ष भन्दा साना बालबालिकालाई सुन्तला खुवाएमा यस्ता समस्याहरु देखिन सक्छन् ।
डाइपर र्यास,
उलुक्क दुध निकाल्ने समस्या बढाउने,
मुख वरीपरि रातो हुन सक्ने,
सुन्तलाको गेडा सर्किन सक्ने,
रेशा पचाउन गाह्रो हुने
एक बर्ष उमेरको आसपासका पुगेका वा पुग्न लागेका बालबालिकालाई निधर्क भएर सुन्तला खुवाउन सुरु गर्न सकिन्छ ।
एक बर्ष मुनिका बालबालिकालाई भिटामिन सि को बैकल्पिक स्रोतको रुपमा स्टोबरी, खरबुजा मेवा खुवाउन सकिन्छ ।