काठमाडौं- जाडो मौसम सुरु भए लगत्तै बालबालिका र जेष्ठनागरिकको स्वास्थ्यमा विभिन्न खाले समस्याहरु देखा पर्दछन्। जस अनुरुप उनिहरुको खानपिनमा बिशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।
चिसो मौसममा बालबालिकाहरुमा रुघाखोकि, झाडापखला, ज्वरो र निमोनिया जस्ता समस्याहरु देखिने भएकोले यसमा सयमा खानपिना धेरै जोड दिनु पर्ने चिकित्सकहरु बताउँछन् ।
जोडोयाममा बालबालिकालाई के नखुवाउने ?
चिसो खानेकुरा नदिने
दहीको नखुवाउने
चामल र चामलजन्य खाद्यान्नको धेरै प्रयोग नगर्ने
भुटेका चीजहरू नदिने
के खुवाउने ?
मौसमी तरकारीको सुप बनाएर वा अन्य कुनै सुप बच्चालाई खुवाउने
हरेक दिन तातो दूध खुवाउने
दाल वा दालजन्य खानेकुरा खुवाउने
दाल मिसाएर बनाइएको खिचडी बनाउने
खान छ भने अण्डा दिने
सकेसम्म हरियो तरकारीहरू खुवाउने
जाडोमा शखरखण्ड स्वास्थ्यको लागि उपयुक्त हुन्छ । यदि तपाईंको बच्चाले शखरखण्ड खाइरहेको छैन भने शखरखण्डकै सुप बनाएर पनि खुवाउन सक्नुहुन्छ । बच्चालाई जाडोमा मह खुवाउनु पनि उपयुक्त हुन्छ ।