बालबालिकालाई व्यावसायिक रूपमा नै यौनजन्य कार्यमा संलग्न गराई त्यसबाट तेस्रो व्यक्तिले आर्थिक वा अन्य किसिमको फाइदा लिन्छ भने त्यसलाई व्यावसायिक यौनशोषण भनिन्छ । कुनै पनि व्यक्तिद्वारा यौन सम्पर्कका लागि बालबालिकालाई विभिन्न लोभलालच, करकापमा पारी, डर–धम्की दिएर यौनजन्य क्रियाकलापमा लगाएर बाल यौनशोषण गरिरहेका हुन्छन् ।
आर्थिक अवस्था कमजोर, कमजोर पारिवारिक अवस्था, शिक्षा तथा जनचेतनाको कमी, परम्परागत रीतिरिवाज (देउकी, झुमा, बादी), बाल विवाह, लैंगिक असमानता, बसाइँसराइ, बढ्दो अनलाइन सेवा, टेक्नोलोजीको गलत प्रयोग बाल यौन जोखिमका कारक तत्व हुन् ।
अभिभावकले आफ्ना बालबालिकाको उचित रेखदेख गर्न नसक्दाको अवस्थामा पनि समस्या देखिन सक्छ ।
के हो बाल यौन दुव्र्यवहार ?
१६ वर्षभन्दा मुनिका बालबालिकालाई उनीहरूको इच्छामा वा इच्छाविपरीत कुनै वयस्क व्यक्तिले गर्ने यौनजन्य क्रियाकलापलाई बाल यौन दुव्र्यवहार भनिन्छ । बालबालिकाको संवेदनशील अंग चलाउनु, देखाउनु, छुनु, जबर्जस्ती एकान्तमा लगेर चुम्बन गर्नु, अश्लील चित्र, फिल्म देखाउनु बाल यौन दुव्र्यवहार हो । बालबालिकाको हकमा दुव्र्यवहारलाई पनि जबर्जस्ती करणी नै मान्ने मुलुकी ऐन जबर्जस्ती करणीको महलमा व्यवस्था गरिएको छ ।
कसरी सुरक्षित हुने ?
-सामाजिक सञ्जालको सही प्रयोग ।
-नचिनेका व्यक्तिलाई चाँडै विश्वास नगर्ने र कोही साथी बन्न आएमा राम्रोसँग विचार गर्ने ।
-सामाजिक सञ्जालमा चिनेकै भरमा व्यक्तिगत विवरण दिने, भेट्न जाने, आफ्ना तस्बिरहरू साटासाट गर्ने, भिडियो च्याट गर्नेजस्ता खोखिमपूर्ण काम नगर्ने ।
-कसैले अनलाइनमार्फत यौन आशय झल्किने क्रियाकलाप गरेमा त्यसपछि गर्ने गतिविधिबारे बालबालिकालाई सचेत गराउने ।
जोखिमबाट मुक्त हुन
-सिबैभन्दा पहिले आफ्ना नजिकका व्यक्ति आमा, बुबा, हजुरआमा, हजुरबुबा, शिक्षक, साथी आदिलाई जानकारी दिने ।
-बालबालिकासम्बन्धी काम गर्ने निकायसँग सहयोग माग्ने ।
-प्रमाणका लागि अश्लील वार्तालाप वा चित्रहरू सुरक्षित राख्ने ।