काठमाडौं- राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगर्त १ बर्ष देखि ५ बर्ष मुनिका बालबालिकालाई सरकारले जुकाको औषधि खुवाउँदै आइरहेको छ । सरकारले हरेक बर्ष दुई चरणमा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ । जुकाको औषधिबारे अभिभाबकले जान्नै पर्ने तथ्यहरु यस्ता छन् ।
जुकाको औषधि एक बर्ष भन्दा माथिका स्वस्थ्य बालबालिकालाई छ-छ महिनाको अन्तरालमा खुवाउनुपर्छ ।
आइरनको कमीले रक्तअल्पता भएका बालबालिकालाई आइरनसँगै एक मात्रा खुवाइन्छ ।
चिल्लोयुक्त खानापछि यो औषधि खुवाउँदा राम्ररी शरिरमा अवशोषित हुन्छ । निश्चित समयमा खानुपर्छ भन्ने छैन ।
यो औषधी खाएको केहि समयसम्म अंगुर खानु हुँदैन ।
गर्भवति भएको पहिलो ३ महिना सम्म यो औषधि सेवन गर्नु सुरक्षित मानिदैन । तर दोस्रो र तेस्रो त्रौमासिक खान मिल्छ ।
१ देखि २ बर्षका बालबालिकालाई ५ एमएल वा आधा ट्याबलेट, २ बर्ष माथिको बालबालिकालाई १० एमएल वा सिंगो ट्याबलेट खुवाउनुपर्छ ।
अंकुशे जुगा पर्दा सिंगल डोज पर्याप्त हुन्छ । तर सिके जुगाा वा चुर्ना पर्दा २ हप्ताको फरकमा २ डोज दिइन्छ ।
अल्बेन्डाजोल सुरक्षित औषधि हो । भुलबस मात्रा धेरै परेमा गम्भिर साइड इफेक्ट हुदैँन ।
अन्य औषधि खुवाउँदा जस्तो जुकाको औषधि खुवाउँदा केहि खानेकुरा बार्नुपर्दैन ।