काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या उकालो लागेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
सो अवधिमा तीन हजार १ सय २५ जनाको पिसिआर परीक्षण गर्दा ३ जना ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
हाल नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनका अनुसार पछिल्लो चौबीस घण्टामा एन्टिजेन परीक्षणमा ६४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सो संख्या आरटीपीसीआरबाट सङ्क्रमण पुष्टि भएकोमा जोडिएको छैन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा १५४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । उपत्यकाको तिन जिल्लामध्ये भक्तपुरमा ११ जना , ललितपुरमा १५ जना र काठमाडौंमा १२८ जना सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म दुई लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण एक ब्यक्तिको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ४० जनाको मृत्यु भएको छ ।
हाल दुई हजार ९६१ जना आइसोलेशनमा छन् । त्यस्तै, ८३ जना क्वारेन्टिनमा छन् ।
हालसम्म २३ लाख १२ हजार ९ सय १ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।